May 2, 2026

तीन हजार विपन्न परिवारलाई कचनकवल गाउँपालिकाले खाद्यान्न बाँड्ने

0

झापा ।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाले तीन हजार घरपरिवारलाई राहत वितरण गर्ने भएका छन् ।

गाउँपालिकाको बिपद व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको प्रभाव गाउँपालिकाभित्र बसोबास गर्दै आइरहेका विपन्न तथा मजदुर परिवारमा परेको भन्दै गाउँपालिकाले राहत स्वरूप खाद्यान्न वितरण गर्न लागेको अध्यक्ष आलमले बताए ।

गाउँपालिकाले तीन सय क्विन्टल चामल, ३० क्विन्टल दाल, तीन हजार लिटर खानेतेल, तीन हजार नुन र साबुन वितरण गर्न लागेको हो ।

विपन्न तथा मजदुर परिवारको वडा कार्यालयबाट सङ्कलित तथ्याङ्क बमोजिम उनीहरूलाई खाद्यान्न दिन लागेको उनले बताए । कचनकवलमा मजदुर परिवारको सङ्ख्या बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *