July 5, 2026

उदयपुर र मोरङमा डुबेर दुई जनाको मृत्यु

0

बिराटनगर ।

उदयपुर र मोरङका दुई स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको बेलका नगरपालिका–८ माझीगाउँका ३८ बर्षीय दिलप्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । कोशी किनारामा माछा मार्न गएका माझी आज दिउँसो पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका थिए ।

यता मोरङको बुढिगंगा गाउँपालिका–६ ऐलानपुरका ४० बर्षीय ठेगिया उरावको ऐलान खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । माछा मार्न भनी गएका उराव पानीमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुवै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *