June 28, 2026

विश्‍वप्रकाश शर्माको प्रकृतिप्रेमी गीत ‘आऊ माया गरौं’ (भिडियाेसहित)

0

काठमाडौ,

नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माको शब्दमा रहेको ‘आउ माया गरौं’ बोलको गीत सार्वजनिक भएको छ।

हाइलाइट्स नेपालबाट सार्वजनिक भएको गीतमा स्वर प्रमोद खरेल र शीतल मोक्तानले दिएका छन्। गीतमा संगीत पनि शर्माले आफै दिएका छन्। विश्‍वमा भइरहेको मौसम परिवर्तन र परिवर्तनले उब्जाएको समस्यासँग जुध्‍न गीतले प्रेरित गरेको छ।

मान्छेले मान्छेलाई, प्रकृतिलाई र यो संसारलाई माया गर्नुपर्ने भन्दै गीतले हरेक व्यक्तिको एकताबिना यो दुनियाँ जोगिन नसक्ने र प्रकृति रहेमात्र हामी रहने सन्देश दिइएको छ। गीतले प्रकृतिको माया गर्न हरेक व्यक्ति एकजुट हुनुपर्ने भाव दर्शाएको छ।

यो विश्वको अस्तित्वबिना हाम्रो अस्तित्व शून्य रहेको स्मरण पनि शर्माको गीतले दिएको छ। गीतमा पछिल्लो क्रममा महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड१९) बाट सुरक्षित रहन हात धुनुपर्ने, मास्क लगाउनु पर्ने सन्देश दिइएको छ। गीतको एरेन्ज मनोहर सुनामले गरेका हुन।

दृश्य खिच्‍ने जिम्मा भने डोरबहादुर कटवाल गरेका छन। यस्तै गीतको निर्देशन पदम तिमिल्सिनाले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *