June 28, 2026

सीमा सिल गरेकै दिन ६ कार्टुन माछा बरामद

0

भद्रपुर,

नेपाल-भारत सीमा सिल गरेकै दिन चोरी निकासीको बाटो प्रयोग नेपाल भित्राइएको ६ कार्टुन माछा बरामद गरिएको छ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका टोलीले विशेष सूचनाको आधारमा भद्रपुर ५ स्थित मसानघाट नजिकैबाट माछा भरिएका ६ वटा कार्टुन बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बरामद गरिएको माछा २ सय केजी भन्दा बढी थियो। बरामद गरिएको माछालाई अस्थायी क्वारेन्टाइन चेक पोस्ट भद्रपुर परिसरमा सबैको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

कोरोना भाइरस संमणक्र फैलिन नदिन भद्रपुर नाकाबाट भित्राइने भारतबाट आयातित माछा-मासुमा रोक लगाएपछि चोरी निकासीको बाटोबाट व्यापारीले माछा भित्र्याउने खोजेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *