June 28, 2026

झापामा लकडाउन उल्लघंन गर्ने १८० सवारीसाधन नियन्त्रणमा

0

झापा,

सरकारले लगाएको लकडाउन आदेश अवज्ञा गर्दै हिँड्ने जिल्लाका १ सय ८० वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाका विभिन्न क्षेत्रमा लकडाउनलाई उल्लघंन गरेको भन्दै जिल्लाभरिबाट पहिलो दिन ती सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगुले जानकारी दिए।

प्रहरीले एक सय वटा मोटरसाइकल, ६० वटा इ–रिक्सासहित ट्याम्पो र २० वटा जिप तथा कार नियन्त्रणमा लिइएको उनले बताए।

उनका अनुसार सडक तथा राजमार्ग खटिएका ट्राफिक प्रहरीले भद्रपुर, बिर्तामोड, मेचीनगर, दमकलगायत क्षेत्रबाट सवारीसाधन नियन्त्रण लिएको बताए।

नियन्त्रणमा लिएका सवारीसाधनका चालकलाई पहिलो पटकलाई सम्झाएर मंगलबार बेलुका छाडिएको उनको बताए। भोलिदेखि लकडाउन अवधिभर चल्ने अनुमतिबाहेक सबै ठूला तथा हलुका सवारीसाधनलाई नियन्त्रणमा लिनुका साथै कानुनबमोजिम कारबाही गरिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *