May 2, 2026

अर्जुनधारा–३ की संगीता चार दिनदेखि बेपत्ता

0

बिर्तामोड,
झापा अर्जुनधारा नगरपालिकाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन् ।

अर्जुनधारा नगरपालिका–३ की संगीता राउत गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठीन नभएकी संगीताले घरबाट मन्दिर जान्छु भन्दै हिँडेको श्रीमान् रमबहादुर राउतले बताए ।

‘घरबाट हिँडेको थाहा पाएपछि हामी पनि पछिपछि खोज्दै गयौँ’, उनले भने, ‘तर, बिर्तामोड आइपुगेपछि कहाँ गइन् पत्ता लागेको छैन ।’ किनमेलका लागि बजार गएको भन्दै हिँडेको छिमेकीको भनाइलाई उद्धृत गर्दै रमबहादुरले बताए ।

चार दिनदेखि संगीताको पत्ता नलागेपछि राउत परिवारले इलाका प्रहरी कार्यालय अनारमनीमा खोजीका लागि निवेदन दिएको छ । केही समययता मानसिक अवस्था ठीन भएको संगीताको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार गरिँदै आएको थियो । संगीताको साथमा केही नगद समेत रहेको छ ।

संगीतालाई देख्नु हुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६०८४०८३९, ९८१६००१५६२ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *