May 2, 2026

कटुवा पेस्तोल सहित ३ भारतिय नागरिक पक्राउ

0

 

मोरङ ,

मोरङ सुनवर्षी ८ हर्चनगढी स्थितबाट ३ भारतिय नागरिक हतियार सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता भारत बस्ने २१ बर्षीय अजय कुमार मण्डल, १८ बर्षीय आन्नद कुमार मण्डल र २१ बर्षीय राकेश कुमार साह रहेका छन ।

हिजो राती सावाँ ८ बजे हर्चनगढी स्थितमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनिहरुलाई १ थान कटुवा पेस्तोल,१ राउण्ड गोली र उनिहरुले प्रयोग गरेको १ थान १५० सि।सि।को इल्(त्भ्क्त् पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *