पूर्व स्थानीय विकासमन्त्री शेर्माको निधन
पाँचथर,
पूर्व स्थानिय विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको ७६ वर्षको उमेरमा बुधवार निधन भएको छ ।
दुई ओटै मृगौलाले काम गर्न छाडेपछि डायलासिस गर्दै आउनुभएका शेर्माको ललितपुरकाे निदान अस्पतालमा उपचारको क्रममा बुधबार अपरान्ह ४ बजे निधन भएको नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिनुभयो ।
पाँचथरको पहिलेकाे सराङडाँडा गाविसमा २००० साल असोज महिनामा जन्मिनुभएका शेर्मा २०५७ देखि ०६७ सालसम्म दुई कार्यकाल नेपाली कांग्रेस पाँचथरको सभापति बन्नुभएको थियो ।
यस्तै उहाँ २०६४ सालको संविधान सभाको चुनावमा पाँचथर क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै स्थानीय विकासमन्त्री हुनुभएको थियो ।
