July 11, 2026

थानेश्वर र लालीको धानको चुली चुलिँदै

0

 

गायक थानेश्वर गौतम र लाली बुढाथोकीको ‘धानको चुली’ बोलको लोक गीतले दर्शक, स्रोताको मन जितिरहेको छ।

गीतको लय सिर्जना गायक गौतमले गरेका हुन् भने शब्द रचना प्रभा बर्तौलाको रहेको छ। गीतको संगीत संयोजन राजन इशान र म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन्। ग्रामीण परिवेशसहित नेपाली संस्कृति र माया प्रेममा आधारित गीतलाई विहानी डिजिटल म्युजिक सेन्टरको युट्युब च्यानलबाट रिलिज गरिएको छ।  गीतको म्युजिक भिडियोमा केकी अधिकारी र पुष्प खड्काको अभिनय देख्न सकिनेछ। नेपाली सांगीतिक क्षेत्रमा थानेश्वर शास्त्रीय गजल गायनदेखि लोक गीतसम्म स्थापित नाम हो। गायिका बुढाथोकी र गायक गौतमका यसअघिका मार्‍यो नी मायाले र कालेमा काले जस्ता चर्चित सालैजो भाका रहेका छन्।

Read more at: https://thahakhabar.com/news/93194

Leave a Reply

Your email address will not be published. Required fields are marked *