May 3, 2026

अति विपन्न वर्गका परिवारहरुका लागि एकिकृत आवास निर्माण हुने

0

दुधे,

झापाको शिवसताक्षीका–११ बच्चा बगरमा अति विपन्न वर्गका परिवारहरुका लागि एकिकृत आवास निर्माण हुने भएको छ ।

तराई मधेश समृद्ध कार्यक्रम अन्र्तगत ९० प्रतिशत र शिवसताक्षी नगरपालिकाको १० प्रतिशत बजेट गरी कुल ८२ लाख ५० हजार रुपैयाको लागतमा एकिकृत आवास निर्माण हुने भएको हो ।

झापा क्षेत्र नं ४ का संंघिय सांसद एलपी सावां लिम्बु र प्रदेश सांसद झलकसिंह दर्लामीले आईतबार एकीकृत आवास निर्माणको लागी सँयुक्त रुपमा सिलान्यास गर्नु भएसँगै निर्माण कार्य सुरु भएको हो ।

स्थानीय फणिनाथ दुलालले प्रदान गर्नुभएको १ बिघा जमिनमा सौचालय, बिद्यालय, स्वास्थ्य चौकी र खानेपानीको व्यवस्था सहितको कुल १२ वटा ३ कोठे घरहरु निर्माण हुने छ ।

२०७७ सालको असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी कृष्ण निर्माण सेवासँग ५७ लाख २३ हजार ६० रुपैँयामा ठेक्का सम्झौता भएको छ ।

कार्यक्रममा बोल्नुहुँदै संघिय सांसद एलपी सावां लिम्बुले आफुहरुले चुनावी घोषणा–पत्रमा प्रतिबद्धता गरेका कुराहरु क्रमश पुरा गर्दै गरेको बताए । सांसद सावांले–’अव फुसको छाना भएकाहरुलाई टिनको छानामा परीणत गर्न लागी परेकोमा जोड् दिए ।’

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद झलकसिंह दर्लामीले अती विपन्न र आवास नभएका हरुका लागी एकिकृत आवास योजनाले नगरका विपन्नहरुको दैनिकी सहज बनाउने र अरु विपन्न रहेकाहरुलाई पनि क्रमश तिनै तहका सरकारहरु मिलेर उचित आवासमा स्थानान्तरण गर्नेमा जोड् दिए । नगरप्रमुख चन्द्रकुमार सेर्मा ले निर्वाचनताका सार्वजनिक गरिएको घोषणापत्रका विषयवस्तुहरू क्रमिक रूपमा सम्बोधन भरिरहेको बताए ।

शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, शिबसताक्षी नगरपालिकाका सुचना अधिकारी समेत रहनुभएका बरिष्ठ कार्यक्रम अधिकृत प्रकाशचन्द्र चौधरी लगायत नगर प्रमुख, वडाधयक्ष, राजनीति पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *