May 3, 2026

दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी पुरा

0

शिवसताक्षी ।

शिवसताक्षी नगरको ११ वटै वडामा दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी पुरा भएको छ । शिवसताक्षी नगरको स्वास्थ्य साखाले जनाएअनुसार दादुरा रुवेला बिरुद्धको खोप लगाउनका लागि ४७ जना स्वास्थ्यकर्मी र ९४ जना स्वास्थ्य स्वयमसेवक परिचालन गरिने भएको हो ।

नगरमा यो अभियान फागुन २१ देखी २९ गते सम्म संचालन हुने शिवसताक्षी नगरको स्वास्थ्य साखाले जनाएको छ । साविकका सतासीधाम, शिवगञ्ज, धरमपुर र पाँचगाछीमा ४७ वटाखोप केन्द्र स्थापना हुने छन । ९ महिना देखी ५ वर्ष सम्मका वालवालिका लाई दादुरा रुवेला र जन्मेदेखी ५ वर्ष उमेरका वालवालिकालाई पोलियो थोपा खुवाउने राष्ट्रिय कार्यक्रम रहेको स्वास्थ्य संयोजक हरी बिमलीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौं दादुरा रुवेला खोप अभियान २०७६ फागुन र चैत महिनामा सञ्चालन हुने तय भएको थियो । अभियानले दादुरा निवारण गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अभियानमा नगरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिलगायत सबैको सक्रिय सहभागिता आवश्वयक हुने शिवसताक्षी नगरको स्वास्थ्य साखाले जनाएको छ ।

कार्यक्रममा कोही पनि बालबालिका दादुरा खोप लगाउनबाट बञ्चित नहुन् भनेर गाउँगाउँबाट खोजेर बालबालिकालाई खोप दिन जनप्रतिनिधी संग स्वास्थ्य साखाले अनुरोध गरेको छ । सन् २००४ मा नेपालमा दादुरा रुवेला विरुद्ध पहिलो अभियान सञ्चालन भएको थियो । सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान २००८, २०१२, २०१६ मा सञ्चालन भएको थियो । सरकारले सन् २०१९ मा नेपाललाई दादुरा निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर सरकारे लक्ष्य पुरा हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *