June 18, 2026

जामुनाबारीमा धार्मिक प्रजातिका वनस्पति उद्यान

0

सुरुङ्गा।

कनकाई नगरपालिकामा रहेको जामुनावारी सामुदायिक वनमा पाथीभरा देवीको प्रतिकात्मक शिलाको स्थापना र बाघेखोला नियन्त्रण तटबन्धन तथा धार्मिक प्रजातिका वनस्पति उद्यानको शिलान्यास गरिएको छ ।

जामुनखाडी सिमसार पर्यटकीय क्षेत्र कनकाई २ र १ को ब्लक नं. १ मा महाशिवरात्रिको अवसर पारेर शिलान्यास गरिएको हो । सो कार्य सम्पन्न गर्न दमकका व्यवसायी राजेन्द्रकुमार बिष्टले यसअघि नै ५० लाख बराबरको सहयोगको घोषणा गरिसकेका छन् । दाताले जामुनावारी सामुदायिक वन उपभोक्ता समूहलाई निर्माण कार्य सम्पन्न पछि रकम हस्तान्तरण गर्ने बताइएको छ ।

जामुनावारी सामुदायिक उपभोक्ता समूहका अध्यक्ष खेमराज सिटौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गणेशप्रसाद पोखरेल रहेका थिए । कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई सब डिभिजन वन कार्यालयका प्रमुख भोला चौधरी, सहयोगी दाता राजेन्द्रकुमार बिष्ट, नर्वदेश्वर शिव मन्दिरका अध्यक्ष सुलोचना ओली, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडा, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत लगायतको आतिथ्य रहेको थियो ।

जामुनावारी सामुदायिक उपभोक्ता समूहका उपाध्यक्ष धननारायण श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मनिता राईले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *