June 18, 2026

पाथीभरा एकाडेमीको १२औं वार्षिकोत्सव

0

लक्ष्मीपुर।

कनकाई– ९ लक्ष्मीपुरस्थित पाथिभरा एकाडेमीको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

एकाडेमीका अध्यक्ष विनोद पोखरेलको अध्यक्षता तथा प्रदेश सभासद एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विद्यालयका सीईओ श्रीकान्त थापाले एकाडेमीको विविध गतिविधिमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि कार्की, शिक्षा शाखा प्रमुख पिताम्वर गौतम, एकाडेमीका निर्देशका रवि पोद्धार, देवी उप्रेती, प्रयास श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहायक प्रिन्सिपल सुशिल सुवेदीले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरुले कक्षागत, समुहगत तथा एकल नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमसहित इञ्जिनियरिङ्ग प्रस्तुती र मार्सल आर्ट प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी चन्द्र बिष्ट, आधारभूतहका उत्कृष्ट शिक्षक योगमाया राजवंशी र माध्यमिक तहका उत्कृष्ट शिक्षक लुना श्रेष्ठ सुवेदीलाई प्रमाणपत्रसहित नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नं.८ का वडाध्यक्ष प्रेमबहादुर कटुवाल, चलचित्र निर्माता दयाराम पुडासैनी, वेड्स एकाडेमी बौद्धका मिलन श्रेष्ठ, नवराज ढकाल, विमान लामा, हरि फुयाँल भृकुटी माविका प्रधानाध्यापक अन्जना सिटौला, हिमाली माविका प्रधानाध्यापक केशव ओझा, तुलसादेवी कटुवाल, तुलसीप्रसाद मिश्र, सुनिता पोखरेल, सोमलाल राजवंशी, तुलसीप्रसाद मैनाली, धनपति खनाल, आदर्श विद्या मन्दिर माविका प्रधानाध्यापक धर्मानन्द निर्राला लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक लुना श्रेष्ठ र विद्यार्थीहरु पर्वत तोलाङ्गी र आकृति खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *