नेपालमा नेटवर्क मार्केटिङ ,फैलाइएको भ्रम र यथार्थ
डिल्ली हुमागाई,
आजभोली नेपाली मिडियामा नेटवर्क मार्केटिङका बारेमा गतल किसिमका सन्देश सम्प्रेष भइरहेको छ । पूर्व सुचना तथा संचार मन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्री परिषदबाट नेपालमा वस्तुको प्रत्यक्ष बिक्रि प्रणालीलाई नियमन गर्ने विधेयक २०७६ पारित गरिएको सार्बजनिक गरे लगत्तै मिडियाले यसबारेमा नकारात्मक समाचार सम्प्रेषण गर्न थालेका छन् । नेटवर्क माकेटिङ प्रति अहिले नेपाली जनतामा रहेको आशा र भरोसा माथी खेलवाड गर्नु कत्तिको जायज हुन्छ ? यो प्रेस काउन्सिल र सरकारले बुझ्न जरुरत छ ।
८ बर्षदेखि सरकारले प्रतिबन्ध गरेको नेटवर्क माकेटिङको प्रतिबन्ध फुकुवा भएको छ । तर फुकुवा भएपछि पनि कानुनले मानेको कुरा देशको चौथो अंगले कानुनको बेवास्ता गरि प्रतिबन्धित भनेर समाचार सम्प्रेषण गर्नुले त्यस संस्थाप्रति नै प्रश्न उठ्न थालेको छ ।
बिगत लामो समय देशका अधिकाश युवा युवतीको चाहाना र आशाको बाटो ढिलै भएपनि सरकारले खुलाई दिएकोमा खुशी हुनुको सट्टा हल्लाको भरमा अफवाहपुर्ण समाचार सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण मात्र नभएर निन्दनीय र भत्सना योग्य छ।
सरकारले देशको आर्थिक, सामाजिक रुपान्तरणको परिकल्पना गरेको क्षेत्रलाई मिडिया जगतले स्वीकार गर्न नसक्नु विडम्वना हो ।
नेटवर्क मार्के्टिङको जुन सिस्टम छत्यसलाई अन्य धेरै मुलुकले विश्वास र वैधानिकता दिएका छन् । नेपालका युवा युवती जो आफ्नो भविष्यसँग चिन्तित छन् । उनीहरु माथि बज्रपात गराउने गिरोह र आर्थिक् प्रलोभनमा परी त्यसमा रमाउनेहरु मुख्य समस्या हुन् । कतिपय विषय उठान गर्दा त्यसको सहतमा पुग्न र कानुनी व्यवस्थालाई समेत हेर्न आवश्यक हुन्छ ।
नेटवर्किङ व्यबसायलाई अब ठगी भन्न पाइएन !
मन्त्रीपरिषद् बैठकले नेटवर्किङ पद्धतिलाई वैधानिकता प्रदान गरेको छ । केही दिनअघि मन्त्रिपरिषद् बैठकले ८ वर्र्षअघि प्रतिबन्ध लगाएको नेटवर्किङलाई वैधानिकता प्रदान गरेको हो ।
पछिल्लो मन्त्रिपरिषद्ले प्रत्यक्ष बिक्री नियमावलीको पहिल्लो संशोधनपश्चात् नेटवर्क मार्के्टिङ पद्दतिलाई वैधानिकता प्रदान गरेको हो ।
नेटवर्क मार्के्टिङको इतिहास धेरै पुरानो छ । नेपालमा पनि केही वर्षअघि हर्बो र युनिटी लाइफ लगायत नेटवर्क मार्के्टिङ कम्पनी चलाइएका थिए । तर, संस्थागत त्रुटिका कारण लामो समय टिक्न सकेका थिएनन् ।
सरकारले २०६८ चैत्र १८ गते को सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि नेटवर्क मार्के्टिङमा रोक लागेसँगै यी कम्पनीनी नेपालबाट विलय भएर गए । नेपालकै छिमेकी राष्ट्र चिनले सन २०१९ मा करिब ३५ बिलियन अमेरिकन डलरबराबरको प्रत्यक्ष बिक्रीमार्फत कारोबार गरेको तथ्यांक प्रकाशित छ ।
यसबारे केही नकारात्मक धारणा रहे पनि नेपालमा यससम्बन्धी कानुनी व्यवस्था सुरु भएसँगै केही सुधार आउने आकलन गरिएको छ ।
के हो नेटवर्क मार्के्टिङ (प्रत्यक्ष बिक्री)
आधुनिक प्रत्यक्ष बिक्री भनेको यस्तो बिक्री पद्धति हो, जसमा एक–एक गर्दै सम्पर्क ब्यवस्था बढाउँदै अन्तर जालोको रुपमा सामग्रीहरुको बिक्री बितरण गरिन्छ । यो पद्धतिअनुसार व्यापार गर्दा कुनैपनि विज्ञापनका लागि खर्च नहुने भएकाले माउथ टु माउथ सेलिङ पनि भन्ने गरिन्छ । प्रत्यक्ष बिक्रीअनुसार हरेक उपभोक्तालाई वितरक डिस्ट्रि ब्युटरको जिम्मा दिइन्छ । र कुल बिक्रीबाट नाफा बितरकहरुमा बाँडिन्छ ।
कसरी छान्ने त राम्रो नेटवर्क कम्पनी ?
प्रत्यक्ष बिक्री सम्बन्धी नियमावलीका लागि सरकारले पहल गरेसंगै नेटवर्क रहेकाको चासो नेपालमा बढिसकेको छ । स्वदेशी तथा बिदेशी धेरै कम्पनीनिहरु खुल्ने संकेत देखिएको छ । यस्तो अवस्थामा नागरिकहरुले विचार र्पुयाउन नसके हर्बो र युनिटिलाइफको उपभोक्ताको हालतमा नपुग्लान भन्न सकिँदैन ।
त्यसैले प्रत्यक्ष बिक्री कम्पनी छान्दा निम्न कुरामा ध्यान र्पुयाउनुपर्ने देखिन्छ ।
१.नेटवर्क कम्पनीनी के को आधारमा काम गर्दैछ ।
२. यसका उत्पादनहरु कस्ता छन् ।
३. यसका प्रबधनकर्ताहरु को को हुन र हिजो कुन पृष्ठभुमि बाट आएका हुन् ।
४.प्रबन्धकारहरुको दुरगामी लक्ष्य कस्तो छ ।
५. कम्पनीले कस्तो मिसन र भिजन बोकेर हिडेको छ ।
(लेखकको निजी विचार हो ।)
dillihumagain21@gmail.com

बास्तबिकता यहि हो हरेक नागरिक ले बुझ्न आवश्यक छ! देश लाई समृद्धि मा पुर्याउने बाटो यहि छ।
Truth100,
Sai ho yasma 1 2. Jana nabujne manxe harule garda yaslai naramro vaniyako ho tara yo business bujne haruko lagi yakdam sai xa