गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानद्वारा भण्डारीसहित पाँच श्रष्ठालाई सम्मान सहित अभिनन्दन
झापा,
‘गौरीशङ्कर खड्का स्मृति’ सम्मान विभिन्न व्यक्तित्वलाई अर्पण गरिएको छ ।

शुक्रबार गौरीशङ्कर स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीसहित वरिष्ठ गायक रामकृष्ण दुवाल, जेवी टुहुरे, मणि थापा र जीवन शर्मालाई सो सम्मान प्रदान गरिएको हो । पहिलो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित खड्काको २०६७ फागुन ९ गते क्यान्सर रोगले निधन भएको थियो ।
उहाँको सम्झनामा प्रतिष्ठानले हरेक वर्ष सम्मान तथा अभिनन्दनको कार्यक्रम गर्दै आएको छ । बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा ती सम्मानित व्यक्तित्वलाई नगद ५० हजारसहित प्रतिष्ठानले अभिनन्दन गरेको थियो ।

