October 10, 2026

नक्कली इन्स्पेक्टर पक्राउ

0

भद्रपुर।

नेपाल प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै स्थानीय युवाबाट रकम असुल्ने एक जना नक्कली प्रहरी निरीक्षक इन्स्पेक्टर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के बस्ने २२ वर्षीय बिजय वाग्ले रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । वाग्लेसँग गृह मन्त्रालय, नेपाल प्रहरीको परिचयपत्र फेला परेको छ । उनले परिचय–पत्रको दर्जामा प्रहरी निरीक्षक लेखेका छन् ।

वाग्लेले आफू नेपाल प्रहरीको प्रहरी निरीक्षक भन्दै जिल्ला सोलुखुम्बू नेचेसल्यान गाउँपालिका–३ बस्ने २० वर्षीय पुण्यप्रसाद कट्टेल र जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१ बस्ने १९ वर्षीय सफल आचार्यसँग डेढ लाख रकम असुल्दै प्रहरीको असईमा जागिर लगाई दिन्छु भनेर ठगी गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

नक्कली प्रहरी निरीक्षक बनेर वाग्ले स्थानीय युवाबाट रकम ठगी गरेको प्रहरीमा उजुरी परेको थियो– प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने– सोही उजुरीको आधारमा वाग्लेलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

यता पक्राउ परेका वाग्लेलाई झापा जिल्ला अदालतमा पेश गरी ठगी र सरकारी कागज किर्ते मुद्दा दर्ता गराई थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *