October 10, 2026

रक्तदान तथा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

0

बिर्तामोड ।

विर्तामोड ४ मा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान तथा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा झापामा ५० औं पटक भन्दा वढी रक्तदान गर्ने सात जनालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा १०४ औं पटक रक्तदान गर्ने नेत्रविक्रम विमली , ७६ औं पटक रक्तदान गर्ने तोर्णविक्रम कार्की , ७५ औं पटक रक्तदान गर्ने सन्तोष अग्रवाल , ७० औं पटक रक्तदान गर्ने ओमप्रकाश लुईंटेल, दिपेश वैध , असारु राजवंशी , दिपक संग्रौला रहेका छन् ।

त्यस्तै ओ नेगेटिभ रक्त ग्रुप भएर पनि ४३ औं पटक रक्तदान गर्ने भूपेन्द्र भण्डारी र नेत्रहीन भएर पनि १५ औं पटक रक्तदान गर्ने चन्द्र भट्टराईलाई समेत सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षता तथा झापा क्षेत्र नं २ कि साँसद् पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल , विर्तामोड उपशाखा सभापति सजेश शिवाकोटी , संविधान सभा सदस्य नरेश खरेल , संस्थापक अध्यक्ष गोपाल काफ्ले लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले झापामा विभिन्न कारणले हुने रगतको अभाव टार्न संस्थाले गरेको कार्यको प्रसंसा गरेका थिए भने सम्मानित रक्तदाता सन्तोष अग्रवालले संस्थाले रक्तदाताहरुलाई सम्मान गरेकोमा अझ हौसला थपिएको वताए ।

सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो । कार्यक्रममा एक सय २० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नविन खरेलले वताए ।

उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रम गरिएको वताए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *