October 11, 2026

उदयपुरमा हुने खेलका लागि अर्जुनधारामा नगरस्तरीय तेक्वान्दो खेलाडी छानिए

0

शनिश्चरे ।

उदयपुरको कटारीमा फागुन १३ र १४ हुन गइरहेको नगरपालिकास्तरीय तेक्वान्दो प्रतियोगिताका लागि अर्जुनधारा नगरपालिकाभित्रका तेक्वान्दो खेलाडीहरुको छनौट प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघ झापाका उपाध्यक्ष तथा सहायक प्रशिक्षक कर्ण भुजेल, तेक्वान्दो सहायक प्रशिक्षक जितेन्द्र मेचेले जुरीको भूमिकामा उक्त छनौट सम्पन्न भएको हो ।

अर्जुनधारा जलेश्वरधामको सभाहलमा सम्पन्न छनौट प्रतियोगिताबाट महिलातर्फ ४० केजीमा रोजु भुजेल, ४३ मा करुणा बस्नेत, ४६ मा राधिका राई, ४९ मा सरिता श्रेष्ठ, ५३ मा शितल राई र ५८ केजी तौल समूहमा मिना तामाङ छनौट भएका छन् ।

त्यसैगरी पुरुषतर्फ ४२ केजीतर्फ प्रदिप गजमेर, ४५ केजीमा विवेक गिरी, ५९ केजीमा प्रितु राई, ५४ केजीमा रविकुमार कटुवाल, ५८ केजीमा अरुण डाँगी र ६३ केजी तौल समूहमा प्रसन्न दनुवार छनौट भएका छन् ।

छनौट भएका खेलाडीहरुलाई युवा नेता मदन बुढाथोकी, अर्जुनधारा खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेचे, नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिका सचिव कुमार भट्टराईलगायतले शुभकामना दिएका थिए । डोजाङ प्रमुखहरु होम दुलाल, गोपाल दाहाल, दिपेन्द्र दनुवार, लक्ष्मी राजवंशीलगायतले छनौट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *