September 24, 2026

बुद्धशान्तिमा सामुदायिक भवन बनाउन पुराण

0

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित शीतला सामुदायिक सेवा तथा विकास केन्द्रले श्रीमद् देवी भागवत नवाह भक्ति ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ ।

यही माघ १८ गतेबाट २६ गतेसम्म आयोजना गरिने पुराणबाट संकलित रकमले तीन तले सामुदायिक भवन बनाउने योजना समितिको छ । उक्त भवन जेष्ठ नागरिकको भेला हुने स्थान बनाईने बताइएको छ ।

जहाँ जेष्ठ नागरिकहरुले आफ्नो जीवनकालमा भोगेका तिता मिठा अनुभव साटासाट गर्दै मनोरञ्जनात्मक गतिविधि सञ्च्ाँलन गर्न सहज हुनेछ । शुक्रवार केन्द्रको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा पुराण मूल आयोजक समितिका संयोजक प्रल्हादकुमार खड्काले सो जानकारी दिए ।

पुराणबाट संकलित रकमले सामुदायिक भवनको कुुर्सी लेवल र पीलर उठाउने र बाँकी रकम स्थानीय,प्रदेश र केन्द्र सरकारसंग माग गर्ने संयोजक खड्काले बताए । केन्द्रले आयोजना गरेको यो पाँचौ पुराण हो । यसअघि आयोजित पुराणबाट उठेको रकमबाट केन्द्रको परिषरमा यज्ञशाला, शिवभक्ति मन्दिर निर्माण गरिएको छ भने शीतला देवी प्राचिन मन्दिरको संरक्षणमा खर्च गरिएको केन्द्रका अध्यक्ष प्रेमकुमार शिवाकोटीले जनाए ।

केन्द्रको २१ औं बार्षिकोत्सवको अवसरपारि समितिले पुराणको आयोजना गर्ने निर्णय अनुसार पुराणको तयारी गरिएको हो । महायज्ञ सम्पन्न गर्न प्रल्हाद खड्काको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति र १२ वटा उपसमिति गठन गरिएको छ ।

केन्द्रको ३ कट्ठा १० धुर जग्गा भित्र सभाहल बनाईने बताइएको छ । पुराणमा करिव ५ लाख रुपैया खर्च हुने र ५ लाख रुपैया बचत गर्ने पुराण आयोजक समितिको लक्ष्य छ । श्रीमद् देवी भागवत नवाह भक्ति ज्ञान महायज्ञको प्रमुख कथा वाचन आचार्य पण्डित शान्तिराम नेपाल र उपवाचन युवा पण्डित मदन खनालको रहने आयोजक समितिले जानकारी दिएको छ ।

पुराणमा तन,मन र धन दान गर्ने दाताहरुलाई पुराण आयोजक समितिले विशेष सम्मान दिनेछ । हाल पुराणको तयारी तीव्र गतिमा चलिरहेको छ भने पुराण समापन सम्ममा करिव १० देखि १२ हजार जना भक्तजनले कथा श्रवण गर्ने आयोजकको विस्वास छ । उक्त पुराणमा देश विदेशमा रहेका नेपाली दाजुभाई÷दिदि बहिनीलाई तन,मन र धनले सहयोग र सद्भाव राखिदिन आग्रह आयोजकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *