September 24, 2026

अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट, पक्राउ गर्न माग

0

काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सभामुख निर्वाचनको सबै प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । सापकोटालाई गिरफ्तार गरेर अनुसन्धान थाल्न पनि उनले माग गरेका छन् ।

त्रिपाठीले हालेको रिटमा सापकोटालाई लामो समयसम्म पक्राउ नगर्ने प्रहरीहरुलाई पनि कार्वाही गर्न माग गरेका छन् । सापकोटा माथिको अनुसन्धानका लािग विशेष कार्यदल बनाउन पनि रिटमा उल्लेख गरिएको त्रिपाठीले बताए ।

काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा सत्तारुढ नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । विपक्षी नेपाली कांग्रेसलेसमेत सापकोटालाई सभामुख बनाउन समर्थन गर्दै उम्मेदवारी दिएको छैन ।-इमेज खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *