September 25, 2026

फर्निचर उद्योगमा आगलागी

0

भद्रपुर ।

भद्रपुरको एक फर्निचर उद्योगमा बुधवार राती आगलागी भएको छ । आगलागीबाट उद्योगमा अन्दाजी साढे ३ लाखको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

भद्रपुर ८ स्थित सगरमाथा चोक पश्चिममा रहेको मोहम्मद हुसेन अन्सारीको फर्निचर उद्योगमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आगलागीबाट उद्योगमा रहेको प्लाइउड, पलङ, टिभी सोकेस, कटर मेसिन, डायल मेसिन र नगद ७० हजार रुपैयाँ जलेर नष्ट भएको छ ।

आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ । बुधवार राती करिब ९ बजे लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको जनाइएको छ । उद्योगमा आगलागी हुँदा नगरमा केही बेर विद्युत् सेवा समेत अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *