September 25, 2026

देश दुख्ने अंगमा ठेला पार्नुको विकल्प नरहे ?

0

नकुल काजी,

नेपाल राष्ट्रको पूर्व, पश्चिम र बढता दक्षिण सीमासँग जोडिएको देश भारत आयतनले ‘विशाल’ भएर पनि कहिल्यै ‘महान’ हुन सकेन । उसका छिमेकीहरुसँगको छुस्कर र अचाडू व्यवहारका कारण नै उसलाई सार्क देशहरुका सान्दर्भिक चर्चा अन्तर्गत ‘समुद्री अक्टोपस’ भन्ने व्यंग्यात्मक फेटा गुँथिदिने गरिन्छ । उसको असौम्य थेत्तर्याइँ ‘देख्नेलाई लाज’–को विषय बन्दै आएको छ तापनि ‘लबस्तराको ओखित हुँदैन’ भन्ने नेपाली उखानको स्थितिले उसलाई उसका उकुर्जीहरुका भावभूमिमा हेरेर उसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यवहार हुँदै आएको छ । अर्थात् भारतको राष्ट्रिय चरित्र जहिल्यै घडघडे छ । बृटिश दासत्वबाट मुक्त भएयताका उसका व्यवहार हेरेर राजनीतिक निरुपकहरु भारतलाई ‘अकडो’ र साना–तिना कुरा वा विषयमा रोड्याइँ गर्ने ‘परपीडक’ (कबमष्कत) भन्ने गर्छन् ।

नेपालका २६ जिल्ला भारतसँग जोडिएका छन्, जसमध्ये २३ जिल्लाका ७१ ठाउँमा उसले (भारतले) जम्मा ७२ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । १८१६ मा सम्पन्न सुगौली सन्धियताका प्रायः सबै सन्धि–सम्झौतामा भारतले विभिन्न किसिमबाट उकुर्जी र रोड्याइँ उठाइ दादागिरी गर्ने गरेको छ तापनि ‘शक्ति–सन्तुलन’–को आदर्श अघि सार्दै नेपालले कुनै पनि परिणामदायी प्रतिवाद गर्न सकेको छैन । इत्यादिका नालीबेली र बहुआयामिक विशत् चर्चाहरुले अहिले सचेत वर्गका देशभक्तहरुको व्यष्टि–समष्टि सबैको निःसहाय उद्विग्नता अतिक्रान्त स्थितिमा छ तापनि राज्य कुन लाभको लालसा (अगउष्मष्तथ)का कारण अथवा स्थार्थ वा असामथ्र्यको कारण ‘कुटनीतिक गाना’– को वाद्यश्रृगार (लयतबतष्यल) मिलाइरहेको छ भन्ने बुझ्न गाह्रो भइरहेको छ । हुन त सीमा अतिक्रमणले नेपाली भूगोलका जुन–जुन अंगमा घाउ लगाइरहेका छन् ती अंगको रक्षार्थ नेपाली सुरक्षा–शक्ति राख्नुपर्ने सर्बथा आवश्यक आग्रहलाई अनादृत तुल्याउँदै देशका गृहमंत्री तर्किनु र ‘वन विभागले अनुमति नदिएको’ वहाना औपचारिक रुपमै गर्नुले राज्यको सोचलाई नै दुर्बोध पहेलिका (भलष्नmब)–को रुपमा समेत प्रस्तुत गर्न थालेको छ ।

हालै संघीय संसदको ‘भाइ संसद’–मानिने एउटा समिति बैठकमा प्रतिनिधिहरुले उठाएका सीमा क्षेत्रमा सुरक्षा–शक्तिको व्यवस्था सम्बन्धी प्रस्तावको जवाफ दिँदै गृहमंत्री रामबहादुरले— ‘सरकारले सुरक्षाको बलियो व्यवस्था गर्ननचाहेको होइन, तर सुरक्षा–शक्ति राख्नुपर्ने ठाउँ–क्षेत्रमा वन–जंगल छन् र वन मन्त्रालय र वन विभागले अनुमति दिन मानिरहेको छैन’ भनेछन् । यो कस्तो लज्जास्पद वा बचकाना जवाफ हो ? देशको भूमि–सुरक्षा ठूलो र महत्वपूर्ण कि जंगलका रुख–बिरुवा र झार–जंगल ? त्यसो भए अरु के कस्ता अडचनहरु छन् र जंगल नभएका अतिक्रमित क्षेत्रमा चाहिँ सुरक्षा व्यवस्था नभएको हो त ? के देशको सीमा अतिक्रमण रोक्नुपर्छ भन्ने विषयमा सरकारका मन्त्रालयहरुका सहमति–विमतिजन्य भिन्न–भिन्न दृष्टिकोण र मान्यता छन् त ? के देशको संघीय सरकारले अख्तियार गर्ने नीति मन्त्रालय–मन्त्रालय तजबीजमा विभक्त छ त ? के संघीय मन्त्रालयहरु अलग–अलग स्वायत्त र स्वतन्त्र अस्तित्वमा चलिरहेका छन् त ? कि गृहमन्त्रीको दायितवस्तर वनमन्त्रीको मातहत वन मन्त्रालयभन्दा तल झारिएको अवस्था छ अहिले ? यी सबै उपल्ला प्रश्न हुन् ।

तर, देशको भूगोलमाथि विदेशी हस्तक्षेप रोक्न सुरक्षा–शक्ति राख्ने वन क्षेत्रको भूइँ दिन्न भन्ने अधिकार वर्तमान वन मन्त्रालयलाई कसले दियो ? अथवा सो मन्त्रालय कहाँबाट निर्देशित छ त ? इत्यादि प्रश्नहरुलाई जन्मदिने जननी वा जनक भएको छ गृहमन्त्री रामबहादुरको उल्लिखित जवाफ ! के सरकार यिनै कारणहरुका कारण अद्र्धचेत मधौरो धताए जस्तो कहिले के–कहिले के भनिरहेर एकपछि अर्को बहाना कोरल्दै जन–धरातलको अत्यन्त आवश्यक गर्मी चिस्याउने पर्खाइमा छ ? यदि यसै हो भने कुटिल सोचको अन्तर्य के हो ? के उसलाई यसै गरेर भारतलाई रिझाउनु छ ? र, केका लागि ? अन्यथा, वर्तमान विश्वका साम्राज्यवादी हस्तक्षेप (ष्mउभचष्बष्कितष्अ भलअचयअजmभलत)–को प्राकृतिक सरोकार सीमा पनि हो तापनि कमजोर मुलुकका अर्थतन्त्र र प्राकृतिक सम्पदा कब्जा र जनसंख्या अतिक्रमणद्वारा वातावरणमा बहुआयामिक प्रदूषणद्वारा तत्तत् देशका आँत कमजोर गराउनु हो भन्ने सरकारले बुझेकै हुनुपर्ने हो ।

र, त्यस कोणबाट देशमा भारतीय प्रभावको उपस्थिति चेवा गरेर सीमा अतिक्रमण जस्तो उत्कर्षकै सम्वेदनशील विषयका प्रति प्राथमिकताका साथ तदारुक भई अधिक्रमित भूमिको मुक्तिका लागि कम्मर कस्न नहिच्किचाउनुपर्ने हो– होइन ?
वस्तुतः बृटिश उपनिवेशकालीन ‘बगलीमा छुरा’ बोक्ने कथाकथित कुटनीतिक व्यहोराबाट सिँढी भिन्नरुपमा शिक्षित–दीक्षित भारतको स्थायी सरकाररुपी साउथ ब्लकको नेपाल–नीतिले भारतलाई कसैको पनि ‘छिमेकी’ हुनबाट सरासर बञ्चित राख्तै आएको छ । ‘छिमेकी’ भनेको सााध–सीमा जोडिनु मात्र होइन, त्यसलाई गुणको स्वरुप बमोजिम परिभाषित गरिनु अनिवार्य हुन्छ— जुन गुण (भर–अभर साथ दिने, हार–गोहार पुकारमा निःशर्त सहयोग आदान–प्रदान गर्ने इत्यादि) भारतमा अलिकति पनि छैन । ऊ ओल्लो–पल्लो घरको शान्ति चाहँदैन, बिना शर्त गोहार गर्दैन र जहिल्यै ओल्लो–पल्लो घरको अस्थिरता, अशान्ति र कलहमा मिसिएर नकारात्मक भूमिका खेल्छ अनि सो विग्रहबाट आप्mनो स्वार्थको पक्षपोषण गरी एउटा विग्रह पन्साउन सहयोग गर्ने निउँमा अरु विग्रहका नाकाहरु खोल्छ । अर्थात्, भारतले सुम्सुम्याउने निउँमा अँगालेर ढाडमा चिथर्ने गरेका अनेक अनुभव छन् नेपालीमा ।

देशका सकल कित्तामा दज्र्यानी र किसिम–किसिमका बिग्रह पन्पाएका छन् । यस्तो अवस्थामा राज्यव्यवस्थारुपी रथ हाँक्न मुश्किल हुनु स्वाभाविक ठहर्छ र ‘राज्य’–लाई मूर्तिमान तुल्याउने ओहोराबासीहरुलाई बेचैन तुल्याउनु पनि स्वाभाविकै हुन्छ । यस्तो अवस्था आधुनिक साम्राज्यवादी अतिक्रमण–विग्रहकारीहरुका लागि ‘मौका’ बन्ने गर्दछ । अन्ततः भारतले मौका मार्दै नेपाली भूमिको चौहद्दी लुटेर उसको मानचित्रको आकार बढाइरहेको छ । यो दृश्यलाई देशभक्त कित्ताका लाखौं नेपालीले जस्तै राज्याधिकारीहरुले समेत छर्लङ्ग देख्नसक्ने हुँदाहुँदै पनि उनीहरुले, अवोध बालकले कुनै घटनासँग काँत्रिएर बार्दलीबाट चियाइरहे जस्तो, टिठलाग्दो गरी हेरिरहेका प्रतीत हुन्छ । र, कहिले–काहीँ गृहमन्त्री रामबहादुर ‘बादल’–का जस्ता उदेकलाग्दा कुरा सुन्दा यस्तो लाग्छ मानों देश दुख्ने नेपाली अंगमा ठेला पार्न पर्ने विवशताको कसैसित पनि विकल्प नरहने विभीषक समयलाई पो पर्खिइँदैछ कि !

अतः उल्लिखित आशंका किनभने सत्तारुढपछिको अर्को बलियो नेपाली राजनीतिक शक्ति भएको पार्टी नेपाली कांग्रेसको समेत प्रस्तुत विषय प्राथमिकतामा छैन बिचरा ! सभापति शेरबहादुर देउवा कांग्रेसीहरुलाई एक ढिक्को हुन अराउँदै–अर्जाप्तै हिँडेका छन् र केही शीर्ष नेता पनि उनका पछाडि यही अभियानलाई ‘म–म’ भन्दै हिँडेका छन् । देउवा यसबेला ‘नेपाली कांग्रेसभित्रका अन्तरघातीलाई कारवाही गरेर ठेगान नलगाएसम्म आगामी चुनाव जित्न सकिँदैन । चुनाव जित्न कांग्रेस एक ढिक्को नभई हुँदैन, जसरी पनि ढिक्को हुनै पर्दछ ।’ भन्दै तीन वर्षपछि हुने निर्वाचनको वेमौसमी प्रचारमा प्रकारान्तरले तल्लिन छन् ।

अर्थात् चार–चार पटक प्रधानमन्त्री भइसकेको एउटा विशिष्ट नेपालीको मन–मुटुमा समेत नेपाल भूमिको वर्तमन आधारभूत रोदन–क्रन्दनको पीडा दुख्तैन भने देश दुख्ने आम समुदायको मन–मुटुको दर्दको के मूल्य निर्धारित होला र ! आखिर देश राजनीतिक अहम्तुष्टि (कबतष्काबअतष्यल या उयष्तिष्अब िभनय)–को थलो मात्र हो भन्ठान्नेहरु अबका दिनमा उक्सिन्छन् कि अझ धसिन्छन् कुन्नि !…
र, आजलाई बस् यत्ति नै । शेष फेरि—

Leave a Reply

Your email address will not be published. Required fields are marked *