September 22, 2026

बैंक तथा वित्तीय संस्था ह्याक गरेर १५ करोड ठगी गर्ने तीन जना पक्राउ

0

काठमाडौं ।

विभिन्न प्रलोभनमा पारेर ठगी गर्नुका साथै नेपाली बैंक तथा वित्तीय संस्थाहरु समेत ह्याक गरेर रकम चोर्ने कार्यमा संलग्न गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार नाइजेरियन तथा भारतीय नागरिकले नयाँ दिल्ली, मुम्बई पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई  एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएका थिए । सो समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए ।

ह्याक र ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको देखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाले जानकारी दियो । ४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोजेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोही समूहमा रहेका ३४ नेपाली अनलाइन फर्डमा पनि संलग्न भएको पाइनुका सागै १५ जना पीडितहरु पनि प्रहरीको सम्पर्कमा आइसकेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *