September 20, 2026

गौरवशालीको सभामा सम्मान

0

बिर्तामोड।

सामाजिक व्यक्तित्व एवम् सहकारी अभियन्ता स्व. काशीलाल चौधरीलाई सम्झना गर्दै गौरवशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले १०औंं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

झापाको पर्यटकीयस्थल दोमुखामा गौरवशाली सहकारी संस्थाले आफ्ना संस्थापक अध्यक्ष काशीलालको सम्झना गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वसांसद डिल्ली सिटौलाले ‘काशीलालको विचार र शैली समृद्ध थियो हामी मिलेर उहाँको सपना पूरा गरौं ।’ सिटौलाले आफूले लिएको ऋणको ब्याज तिरेर मात्र साधारणसभामा आउन सहकारी संस्थाका सदस्यहरुलाई आग्रह गरे ।

संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, कार्यपालिका सदस्य सुरेन राजवंशी, बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष पार्वता खरेल बिमली, आबद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश भट्टराई, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रबन्धक नारायण ओझा, सहकारी संस्थाका सल्लाहकारहरु पुष्पलाल चौधरी, पार्वता गिरी, इन्द्रसिंह राजवंशी, सम्मानित पत्रकार पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला लगायतले बोलेका थिए ।

कार्यक्रममा असल बचतकर्ताहरु रञ्जित राजवंशी, बृजनारायण थारु, लक्ष्मैनदेवी चौधरी, योगेन्द्र भुजेल, असल ऋणीहरु मनिष बिमली, सुमित बेङ्गानी, हरिकला ढकाललाई पुरस्कृत गरिएको थियो भने । उत्कृष्ट कर्मचारी संस्थाका ब्यबस्थापक अरुण चौधरी र एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी यासिला भुर्तेललाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै पूर्वाञ्चल दैनिकका उपसम्पादक निरौलालाई सम्मान गरिएको थियो । कार्यक्रममा युवराज बिमलीले स्वागत गरेको कार्यक्रममा संस्थाका अध्यक्ष्ँ चौधरीले बार्षिक प्रतिवेदन, लेखा समिति संयोजक नथुनीप्रसाद साहले लेखा समितिको प्रतिवेदन, ऋण उपसमिति संयोजक रामु सिंहले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको शेयर सदस्य एक हजार दुई सय १६, शेयरपुँजी ७६ लाख ३३ हजार ५ सय १८ रुपैयाँ ३३ पैसा, निक्षेप संकलन ८ करोड ७२ लाख ९० हजार ८ सय ८३ रुपैयाँ ७६ पैसा, निक्षेप फिर्ता ८ करोड ३३ लाख २९ हजार ९ सय १४ रुपैयाँ ४८ पैसा, ऋण लगानी दुई करोड ५१ लाख ५६ हजार नौ सय रुपैयाँ, ऋण असुली दुई करोड १४ लाख ९० हजार ५ सय ४३ रुपैयाँ र नाफा नौ लाख २७ हजार नौ सय ३५ रुपैयाँ ३३ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाको अवसर पारेर सहकारी संस्थाले वनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेजनारायण चौधरीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *