September 20, 2026

मेची रिर्भर साइड ‘बिच’भलिबलको दोस्रो संस्करण पुस ५ मा

0

भद्रपुर

नेपाल–भारतबिच एकता र सद्भाव कायम राख्ने उद्देश्यले मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिता हुँदैछ ।

आगामी पुस ५ गते अन्तर्राष्ट्रिय मानव एकता दिवसका सन्दर्भमा भद्रपुर वडास्तरीय मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिता हुन लागेको बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजकमा  दोस्रो संस्करणको बिच भलिबल हुन लागेको वडा अध्यक्ष बन्धु कार्कीले जानकारी गराए । प्रथम वर्षको सफलतापछि यसबर्ष वडा कार्यालयले आफ्नै सिलिङमा प्रतियोगिताको लागि बजेटबाट छुट्टाएको हो ।

मेची पुलको प्रवेशद्वारमा आयोजित हुने प्रतियोगितालाई सन् २०२० पर्यटन वर्षसँग जोड्नुका साथै पूर्वी सीमा नाका मेची नदीमा अवसर र चुनौती, बनाऊ हामी सबै मिली यसलाई साझा सम्पत्ति भन्ने सन्देश दिन लागेको वडा अध्यक्ष कार्कीको बताए ।

प्रतियोगितामा नगरभरिका १० वटा वडाका खेलाडीले भाग लिनेछ  विजेता टिमलाई नगद ३० हजारसहित शिल्ड प्रदान गरिनेछ, भने उपविजेता टिमलाई नगद २० र तृतीय हुने टिमलाई नगद १० हजारसहित शिल्ड प्रदान गरिने जनाइएको छ ।

‘ प्रतियोगिताको लागि वडाको सिलिङबाट १ लाख ७० हजार छुट्टाएका छौ’, वडा अध्यक्ष कार्कीले भने, ‘पुरस्कार राशिका लागि दाता खोज्दैछौ ।’ पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, भलिबल रेफ्री उत्तम पौडेल लगायतले प्रतियोगितालाई सफल बनाउन सुझावसहित मन्तव्य राखेको कार्यक्रमको सञ्चालक वडा सचिव हिरण्य न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *