October 5, 2026

भद्रपुरमा आइतवार छठ बिदा

0

भद्रपुर।

नगरको मुख्य ठूलो पर्वको रूपमा मनाइने छठ पूजालाई लक्षित गरी भद्रपुर नगरपालिकाले आइतबार स्थानीय बिदा दिएको छ ।

नगरपालिकाले शुक्रवार सूचना प्रकाशन गर्दै भद्रपुरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कात्तिक १६ गते शनिवार बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र कार्तिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ मनाइँदैछ ।

शनिवार सार्वजनिक बिदा भएकोले नगरपालिकाले यसबर्ष आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल आचार्यले हस्ताक्षर गरेको सूचनामा उदाउँदो सूर्यलाई अघ्र्य दिएर ब्रत समापन गर्न ब्रतालु भक्तजनहरूको सुविधालाई ध्यानमा राखी हर्षोल्लासका साथ छठ मनाउन नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सबै निकाय र विद्यालयहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

नगरपालिकाले गतबर्षदेखि भद्रपुरको छठ पूजामा सार्वजनिक बिदा दिँदै आएको छ । नेपाल भारतको सीमावर्ती नाकामा पर्ने भद्रपुरस्थित मेची नदी किनारमा हजारौँ संख्याको सहभागितामा मनाइने छठ पूजा नगरको उत्सवका रूपमा मनाउँदै आइरहेको छ । यसैबीच बिराटनगर महानगरपालिकाले पनि शनिवार र आइतवार सार्वजनिक बिदा घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *