जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
मोरङ ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–१५ बस्ने ४६ वर्षीय राजा साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०६८ मंसिर २७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय भई फरार रहेका साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साहलाई जिल्ला अदालत मोरङमा पेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
