September 21, 2026

मोरङमा १५ जुवाडे पक्राउ

0

मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर धनी सहित सुन्दरहरैचा–७ बस्ने टेक बहादुर बिक, भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला, हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर, सुन्दरहरैचा–९ का सजाद मिया, सुन्दरहरैचा–११ का जय प्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत र मधु कुमार घिमिरेलाई पक्राउ गरेको हो ।

तासको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ । पक्राउ परेका जुवाडेलाई जुवा ऐन अन्तरगत कानूनी कारवाही प्रकृया अगाडि बढाईएको मोरङ प्रहरीलेजनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *