काम नगर्नेको धरौटी जफत
सङ्खुवासभा,
तुम्लिङटारस्थित डिभिजन सडक कार्यालयले सम्झौता समयभित्र काम नगर्ने सातवटा निर्माण कम्पनीलाई कारवाहीबापत जरिवाना र तीनवटा निर्माण कम्पनीको धरौटीबापतको रु तीन करोड ४१ लाख जफत गरेको छ ।
कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार ओएसिस इञ्जिनीयर्स एन्ड बिल्डर्सलाई रु १७ लाख, कोशी एण्ड न्यौपाने निर्माण सेवालाई रु १६ लाख ८० हजार, हरिहरि निर्माण सेवालाई रु १४ लाख ५७ हजार, सगरमाथा लोहनी ब्रदर्स जेभीलाई रु दुई लाख ५० हजार, सर्वउद्धार सगरमाथा दोभान जेभीलाई रु छ लाख ५० हजार, याक्थुहाङ निर्माण सेवालाई रु १४ लाख ५० हजार, विनायक निर्माणलाई रु १८ हजार र बज्र एण्ड सन्सलाई रु ११ हजार जरिवाना गरिएको छ ।
त्यसैगरी, स्वच्छन्द निर्माण सेवाको काम न्यून गुणस्तरको पाइएपछि रु दुई करोड २१ लाख, कान्छाराम एनबी जेभीको रु एक करोड नौ लाख र मना कन्स्ट्रक्सनको रु ११ लाख धरौटी जफत गरिएको छ ।
