June 16, 2026

बिर्तामोडमा म्याराथुन प्रतियोगिता

0

बिर्तामोड ।

विजया दशमीको अवसर पारेर झापाको बिर्तामोडमा म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा विर्तामोड, रोड ट्रयाक क्लब बिर्तामोड र टिभीएस मोटरसाइकलको आधिकारीक बिक्रेताको पाथिभरा अटो लिङ्कको संयुक्त आयोजनामा ५ किलो मिटर दौड सम्पन्न भएको हो । खराब मौसमका बीच भएको प्रतियोगितामा हेमन्त राई प्रथम, उमेश खतिवडा दोस्रो, किरण तामाङ तेस्रो र अजित दर्जी सान्तवना भए ।

उनीहरुलाई क्रमश नगद १० हजार, ७ हजार ५ हजार र दुई हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरियो ।नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको थियो ।

नेरेसो बिर्तामोडका सभापति सजेश शिवाकोटी र रोड ट्रयाक क्लब बिर्तामोडका अध्यक्ष राज मुखियाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा बक्सिङ् संघका केन्द्रिय उपाध्यक्ष भोजराज सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, राहुल शर्मा, दिपक मित्तल, युवराज ओली, दिवाकरलाल चौधरी, मनोज अग्रवाल, ओम लुईटेल, याम कार्की, विपिन बस्नेत, याम भुजेल, हेम खड्का, गोवेन धिमाल, तेजु भण्डारी, सन्देश मल्ल लगायतले झरीका बाबजुद गराईको प्रतियोगिता उत्कष्ट भएको बताएका थिए ।

कार्यक्रममा स्वागत रोट्रक क्लब बिर्तामोडका युवराज ओलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *