June 16, 2026

इलाममा एक प्रहरीको मृत्यु

0

इलाम ।

इलाम नगरपालिका–५, बिब्ल्याँटेस्थित नेपाल प्रहरी बिटका इन्चार्ज असई रवि मगरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

इलाम नपा–२, सुम्बेकको छाँगेखोलामा मोटरसाइकल ढुंगामा ठोक्किएर खस्दा ४८ वर्षे मगरको घटनास्थलमै मृत्यु भएको वडा–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए।

शनिबार दिउँसो साढे १ बजेतिर मोटरसाइकल कच्ची सडकबाट झन्डै ५० मिटर खसेको हो। मगर गाउँमा झगडाको सूचना आएकाले मोटरसाइकलको पछाडिपट्टि बसेर त्यसतर्फ जाँदैथिए। मोटरसाइकल चालक रामसेवक मोची भने सामान्य घाइते छन्।

इनपा–५, बरबोटेको रामजानकी मन्दिरबाट खानीमार्ग हुँदै सुम्बेकतर्फ जाँदैगर्दा प्रहरीद्धय दुर्घटनामा परेको श्रेष्ठले बताए। वर्षा जारी रहेकाले बाटोको अवस्था बिग्रिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *