June 17, 2026

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मिनी म्याराथुन

0

बिर्तामोड, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन रोटरी क्लव अफ सुरुङ्गा र सुरुङ्गा जेसीजले संयुक्त रुपमा आयोजना गरेको मिनी म्याराथुन दौड प्रतियोगितामा पुरुष तर्फ किरण लिम्बू र महिला तर्फ रुपा दाहाल प्रथम हुनुभएको छ । झापाको दुर्गापूरदेखि सुरुङ्गा चौकसम्मको चार किलोमिटर आज भएको दौडमा पुरुष तर्फ लिम्बू र महिला तर्फ दाहाल प्रथम हुनुभएको हो ।

दौडमा प्रथम भएसंगै उहाँहरुले नगद सात हजार, ट्रफी र प्रमाणपत्र हात पार्नुभयो । त्यस्तै प्रतियोगिताको पुरुष तर्फ याङदेव राई दोस्रो,युवराज लिम्बू तेस्रो र लक्ष्मण अधिकारी सान्तवना हुनभयो । दोस्रो र तेस्रो हुनेले क्रमश पाँच हजार र तीन हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । महिला तर्फ भने सुस्मिता लिम्बू दोस्रो , सरिता शेर्पा तेस्रो र मनिषा राई सान्तवना हुनभयो । दोस्रो र तेस्रो हुनेलाई क्रमश पाँच हजार र तीन हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा महिला र पुरुष गरी एकसय जनाको सहभागीता रहेको लायन्स क्लव अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दीनेशराज मैनालीले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । नेपाल सरकारले पर्यटन वर्ष २०२० मनाईरहदा त्यसलाई सफल पार्दै स्थानीय स्तरका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आन्तरिक पर्यटनलाई समेत टेवा पु¥याउन कार्यक्रम आयोजना गरिएको पोखरेलको भनाई छ । सुरुङ्गा सेजीसजले विगतका वर्षदेखि नै यस खाले कार्यक्रम गर्दै आएको र यस वर्षपनि त्यसैलाई निरन्तरता दिँदै कार्यक्रमको आयोजना गरिएको सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले बताउनुभयो ।
सरकारले नै पर्यटन वर्ष २०२० मनाई रहदा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको कनकाई नगरपालिकामा रहेका विभिन्न संघ संस्थाले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि खेलकुदको माध्यमबाट भएपनि गरेको प्रयार सह्रानीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *