शिखर सुजको ब्राण्ड अब माँ दुर्गा स्टोरमा
बिर्तामोड,
चार्ड पर्बका बेला सबैभन्दा बढी कपडा विक्री हुन्छ । कपडापछि खाद्यन्य अनि खाद्यन्यपछि मानिसको रोजाईमा पर्छ जुत्ता चप्पल । त्यसमा पनि सबैका आ–आफ्नै ब्राण्ड हुन्छन् ।
स्वदेशी जुत्तारचप्पल उत्पादक कम्पनी शिखर सुज पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको छ । अझ चार्ड पर्वको बेला विशेष अफर सहित बिक्री हुँदै आएको शिखर सुज धेरैको रोजाईमा पर्ने गरेको स्वयम व्यवसायीले नै बताउँदै आएका छन् ।

शिखर सुजले धेरैको मन जितेपछि झापाको बिर्तामोड निवासी महिला उद्यमी दुर्गा लम्साल लुईटेलले शिखर सुजको आधिकारिक डिलर नै सञ्चालनमा ल्याएकी छिन् । बिर्तामोडस्थित वानस्पट महलमा माँ दुर्गा स्टोर सञ्चालन गर्दै उनले अहिले विशेष अफरका साथ शिखरका जुत्ता चप्पल विक्री गरिरहेकी छिन् । ‘हाम्रो परिवार शिखर परिवार’ भन्ने नाराका साथ शिखरले अहिले जुत्ता चप्पलको खरिदमा स्क्याच कुपन उपलब्ध गराउदै आएको र हरेक कुपनमा हात खाली नजाने उपहार राखिएको माँ दुर्गाका सञ्चालक ओमप्रकाश लुइँटेलले जानकारी दिए । उनले भने – यो अफर दशैं तिहार र छठ सम्मका लागि हो, शिखर ब्राण्डका जुत्ता चप्पल किन्दा ग्राहकको हात खाली हुँदैन ।

माँ दुर्गा स्टोरमा अहिले कम्पनीले हाल उत्पादन गरेका चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको जुत्ता एवं जाडोयामका लागि न्यानो कपडाको जुत्तालगायत विभिन्न डिजाइनका जुत्ता तथा चप्पलहरू सहज मूल्यमा उपलब्ध गराउन शुरु गरेको छ ।
हाल शिखर उद्योगमा ७ सयभन्दा भन्द्र वढी डिजाइनमा जुत्ता चप्पल उत्पादन गर्दै आएको र ग्राहकको रोजाईमा शिखर पहिलो नम्वरमा रहेको लुइँटेलको भनाई छ । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टीसमेत दिँदै आएको छ । सोही अनुरुप हामी हाम्रा ग्राहकलाई कम्पनीले प्रदान गर्ने वारेन्टी समेत दिन्छौं उनले भने – यहाँ विद्यार्थीदेखि पार्टी सुज, स्पोर्टस्,लेडिजका जुनसुकै आइटम पनि सहज रुपमा पाउने व्यवस्था मिलाएका छौं ।
स्वदेशी जुत्ता उत्पादक कम्पनी शिखर सुजले अहिले कम्पनीले जुत्ता तथा चप्पलहरू उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा प्रविधि विभिन्न मुलुकहरू जस्तै भारत, थाइल्यान्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।
