May 2, 2026

सुखानी सामुदायिक वनको २२औं सभा सम्पन्न

0

अर्जुनधारा ।

सुखानी सामुदायिक वन उपभोक्ता समूहको २२औं साधारण सभा विहिबार सम्पन्न भएको छ । समूहका अध्यक्ष लक्ष्मीप्रसाद चापागाईंको अध्यक्षता र माई सब डिभिजन कार्यालयका प्रमुख सुरज निरौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष मंगलसिंह लिम्बूले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा समूहका अध्यक्ष चापागाईंले संस्थाको प्रगति प्रतिवेदन र कार्यालय सचिव खगेन्द्र भट्टराई मलेप प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा गत आर्थिक वर्ष ०७५÷०७६मा ५५ लाख ३१ हजार आठ सय ७८ रुपैयाँ ६३ पैसा बराबरको आर्थिक कारोबार गरेको उल्लेख गरिएको छ ।

नजिकिँदै गरेको विजया दशमीलाई लक्षित गरि समूहका विपन्न आठ जना उपभोक्तालाई कार्यक्रममा ३० केजीका दरले चामल वितरण गरिएको थियो । चामल पाउने उपभोक्ताहरुमा आरती राई, गोपाल राई, गोमा पौड्याल, धनबहादुर लावती, धनमाया विश्वकर्मा, श्यामकुमारी तामाङ, श्यामबहादुर बुर्जा र हरिमाया विश्वकर्मा रहेका छन् ।

कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य दिलमाया दास, माई–४का वडाध्यक्ष सूर्य दुलाल, अर्जुनधारा नगर सभा सदस्य सीताराम भट्टराई, नेपाली काँग्रेस अर्जुनधारा नगर समितिका सदस्य इश्वर खवास, नेपाली काँग्रेस माई नगर समितिका सचिव दिपेन्द्र पौड्याल, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडाका प्रतिनिधि डम्बर खजुम, समूहका सल्लाहकार समितिका संयोजक धनबहादुर तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समूहकी सचिव रेनुका खवासले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *