May 2, 2026

परीक्षामा सफल बनाउन विद्यार्थीलाई तालिम

0

बिर्तामोड ।

झापाको बिर्तामोड –१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलमा ग्रेड बृद्धि तालिम सम्पन्न भएको छ ।
परीक्षामा विद्यार्थीलाई बढीभन्दा बढी उत्र्तिण गराउने उद्देश्यले तालिमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए ।

बिद्यालयमा कक्षा ८,९ र १० मा अध्ययनरत् विद्यार्थीहरुलाई लेखक तथा मोटीभेसनल स्पीकर डिआर पराजुली म्याग्नेटले विद्यार्थीहरुको प्रभावकारी अध्ययन तालिका, समय व्यवस्थापन, अध्ययनका बैज्ञानिक तथा प्रभावकारी विधिहरु लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै उनले विद्यार्थीहरुलाई परीक्षाका बेला तनावमुक्त हुनुपर्ने, पढेको कुरा पुनःस्मरण गर्नुपर्ने, तालिका मिलाएर पढ्नुपर्ने, आफूले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधी अपनाउनुपर्ने, स्वास्थ्यको ख्याल गर्नुपर्ने, प्रश्न बुझेर आफ्नै शैलीमा जवाफ दिनुपर्नेे सुझाव दिएका थिए ।

त्यस्तै उनले विद्यार्थीहरुलाई परीक्षालाई अवसरको रुपमा लिन आग्रह गर्दै प्रश्नपत्र हात परेपछि पहिला त्यसलाई ध्यान दिएर पढेर त्यसमध्ये आफूलाई सबैभन्दा सजिलो लाग्ने प्रश्नको हल गर्न र उत्तर लेख्नुअघि प्रश्न दोहो¥याएर पढेर प्रश्नको आशय बुझेर मात्र त्यसको जवाफ लेख्न सुझाव दिएका थिए । उनले परीक्षाको बेला अभिभावकलाई सहयोगी भूमिका खेल्न आग्रह गर्दै सहज वातावरण तय गरेर पढ्नका लागि प्रेरित गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई उनीहरुको सिकाइ क्षमता अनुसार काइनेस्टिक, भिजुवल र अडिटरी गरी तीन प्रकारमा वर्गीकरण गरेर तालिम दिइएको थियो । सिइएस बाल क्लवकी अध्यक्ष रेवा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीहरु जेनिषा कार्की र सुमित अधिकारीले गरेको विद्यालयका एकाडेमिक कोअर्डिनेटर विक्रम सुब्बाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *