पञ्चकन्या सिंह सेतीदेवीको नेतृत्व चयन
अर्जुनधारा ।

झापाको बुद्धशान्ति–२ स्थित पञ्चकन्या सिंह सेतीदेवी मन्दिर व्यवस्थापन समितिको तेस्रो साधारण सभा आइतबार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष नेत्रप्रसाद गौतमको अध्यक्षता र गाँउपालिकाका अध्यक्ष रमेशकुमार भूजेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष रत्नकला फूँयेलले गरेकी थिइन् ।
अध्यक्ष गौतमले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा समिति संयोजक नारदप्रसाद लूँइटेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्ष ०७५÷०७६को जम्मा आम्दानी एक लाख ६० हजार तीन सय १५ रुपैयाँ, जम्मा खर्च एक लाख एक हजार नौ सय २२ रुपैयाँ र जम्मा बचत ५८ हजार तीन सय ९३ रुपैयाँ उल्लेख गरिएको छ ।

त्यस्तै संस्थामा २० लाख ५७ हजार पाँच सय रुपैयाँ बराबरको चलअचल सम्पत्ती रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सोही कार्यक्रमको सन्दर्भमा मन्दिरलाई भूमिदान गर्ने २६ जना दातालाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि भूजेलले मन्दिरको विकास गर्न गाँउपालिकाकोतर्फबाट एक लाख रुपैयाँ समितिलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ चौतारी गाँउ सचिव कृष्णप्रसाद फूँयेल, जगदीश्वर शिव पाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूष्पराज न्यौपाने, दीवा सापकोटा, शेरबहादुर कडरीया, हरिशचन्द्र भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव दीनानाथ गौतमले गरेका थिए ।
सोही सभाको बन्दसत्रबाट कृष्णप्रसाद फूँयेलको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा टीकाप्रसाद चौलागाईं, सचिवमा दीनानाथ गौतम, कोषाध्यक्षमा अमृता गौतम र सदस्यहरुमा गीता चौलागाईं, गोपाल खाती, टंक बोहोरा, नारायणप्रसाद लूँइटेल, पर्शुराम भण्डारी ‘सुजन भान्जा’, सावित्रा खुलाल र हरिशचन्द्र भट्टराई रहेका छन् ।
