May 4, 2026

बिर्ता सिटीमा न्यूरोको सेवा विस्तार

0

बिर्तामोड ।

झापाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलले आफ्नो सेवा विस्तार गरेको छ । विश्वकर्मा पुजाको अवसर पारेर असोज–१ गते बुधबार सेवाको विधिवत सुभारम्भ गरिएको हो ।

वरिष्ठ न्यूरो सर्जन डा. चन्द्र प्रकाश लिम्बुको नेतृत्वमा न्यूरो सर्जन डा. दिग्गज श्रेष्ठ सहितको विशेषज्ञ टोलीले न्यूरो सम्वन्धि सम्पूर्ण रोगको अत्याधुनिक प्रविधि मार्फत उपचार गर्ने बताइएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. अनिलकुमार बस्नेतका अनुसार अब न्यूरोसंग जोडिएका टाँउको, नशा लगायतका सम्पूर्ण सेवा एउटै छानामुनी उपलब्ध भएका छन् ।समान्यत न्यूरो सम्बन्धि उपचार महंगो हुने भएपनि बिर्ता सिटीमा तुलनात्मक रुपमा सस्तोमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यस अघि मृगौलाका विरामीलाई दिइने डायलासिस् सेवा देशमै सस्तोमा प्रवाह गरेको अस्पतालले दाबी गरेको छ । न्यूरो सम्बन्धि सेवाबाट हालसम्ममा १५ जनाले स्वास्थ्य लाभ लिइसकेको बताउदै न्यूरो सर्जन डा. श्रेष्ठले भने–ती मध्ये भोजपुर जिल्ला आमचोक गाँउपालिका–१ का विद्यार्थी गणेश विष्टको जटिल अवस्थाको उपचार हाम्रो उल्लेख्य सफलता हो ।

करेन्ट लागेर टाँउकोमा रगत जमेको अवस्थामा अस्पताल ल्याइएका भोजपुरका विद्यार्थी विष्टको शल्यक्रिया गरी टाँउकोमा जमेको रगत हटाएर स्वस्थ्य बनाएर पैदल हिडेर गएको देख्दा आफुलाई अति खुशी लागेको डा. श्रेष्ठले बताए । औपचारिक रुपमै सुरु गरिएको न्यूरो सम्बन्धि सेवा बुधबार आयोजित धार्मिक अनुष्ठानका बिच आर्चाय कमलप्रसाद आर्चायले शुभारम्भ गरेका थिए ।

अब न्यूरोका विरामीहरुले आईसियु, एचडियु, वार्ड लगायतका सेवा छुट्टै प्राप्त गर्ने छन् । अस्पतालमा न्यूरो सम्बन्धि दैनिक ५० जनाले सेवा लिने गरेको बताइएको छ । त्यसैगरी प्रत्येक दिन ५ वटा सम्म शल्यक्रिया गर्ने गरिएको र त्यस मध्ये दुई वटा जटिल प्रकारको हुदैं आएको अस्पतालका ब्यवस्थापक विनोद बस्नेतलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *