May 5, 2026

सहाराका महिला, सबै क्षेत्रमा पहिला

0

उमेश भारती,

सहाराको २२औं वार्षिक साधारणसभाले पारित गरेको लोकप्रिय ५५ वटा नीति कार्यक्रम मध्ये कै उत्कृष्ठ कार्यक्रमको नाम हो ‘सहाराका महिला सबै क्षेत्रमा पहिला’ संस्था स्थापना देखि २४ वर्षे दौरानमा आइपुग्दा सहाराका एक लाख ४५ हजार शेयर सदस्यमध्ये ९२ प्रतिशत महिला सदस्यहरु छन् । संस्थाले सञ्चालन गरेका विविध क्रियाकलापहरु मध्ये लघुवित्त कार्यक्रममा त झन् ९९ प्रतिशत महिलाको सहभागिता छ । संस्थाको दुईदशक लामो गौरवशाली सामाजिक परिचालन, सहभागितामूलक आर्थिक समानता आत्मनिर्भरता, सशक्तिकरण, जीविकोपार्जन, समावेसी विकास निर्माणको सिलसिलामा आजसम्म आइपुग्दा महिला हकहित लैङ्गिक समानता, समता जस्ता विषयमा के–कस्ता उपलब्धि भए भन्ने कुराको लिष्ट तयार गर्दा पक्कै पनि निकै लामो सूची तयार हुन्छ होला । तर, मैले समावेशी विकास, शसक्तिकरण, ज्ञान र सीपको आधारमा क्षमता विकास गर्ने, नेतृत्व वित्तिय पहँुच जस्ता क्षेत्रमा केही उदाहरणीय सफल पात्रहरुलाई मात्र समावेश राखी अनुभवहरु मात्र जोडजाम गर्ने जमर्को गरेको छु । लाग्छ महिला सम्बन्धी भए गरिएका यी सफल प्रयास र अभ्यास हामी सबैको सरोकार, चासो एवम् प्रेरणाको क्षेत्र अवश्य बन्न सक्छ ।

महिला शसक्तिकरण, अवसर र नेतृत्व

सहाराले लघुवित्त कार्यक्रम सञ्चालन गर्दा गठित पहिलो समूह गजुरमुखी सहारा महिला समूह नं.१ बिर्तामोड– २ सोमबारे हो भने अध्यक्ष पञ्चमाया राई समूह सञ्चालक कमला थपलिया हुन् । दोस्रो लालीगुराँस सहारा महिला समूह शिवसताक्षी नगरपालिका वार्ड नं. १० माइधार हो र सो को पहिलो अध्यक्ष विष्णुमाया चौहान हुन् । उक्त समूहको मान्यता र तालिम कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नै दिनुभएको थियो भने सञ्चालन यशोदा प्रसाई गर्नुभएको थियो । सो समूहमा २० जनामात्र महिला सदस्यहरु आवद्ध थिए भने संस्थामा ३३ जना शेयर सदस्य, हाल संस्थाको कार्यक्रम छ जिल्लामा ६५ वटा सेवाकेन्द्र मार्फत सात हजार सात सय ३१ महिला समूह छन् ।

जसमा अध्यक्ष, सचिव, नियन्त्रक गरी २३ हजार एक सय ९३ जना समूह नेतृत्वमा रहेको र एक लाख ४५ हजार शेयर सदस्य रहेको कुरा संस्थाका वरिष्ठ विभागीय प्रमुख ईश्वर प्रसाद भट्टराई बताउनु हुन्छ । अध्यक्षलाई अगुवा नेतृत्व क्षमता विकास, सचिवलाई समूह आयव्यय हिसाब खाता राख्ने सीप र नियन्त्रकलाई समुदाय समूह र अन्य सरोकारवालाहरुसँग मिलेर समन्वय गर्ने योजक जस्तो समन्वयात्मक सीप र तालिमको व्यावस्था गरेको हुन्छ भने सबै महिला सदस्यहरुलाई आयआर्जन, बचत, महिला तथा किशोरी शिक्षा, मानवअधिकार, वित्तीय साक्षरता जस्ता विषयमा पनि बेला–बेलामा तालिम दिई शसक्तिकरण गरेकै कारण आज समाजमा भावनात्मक एकता भावनात्मक अन्तरसम्बन्ध कायम भई समूहहरु गठन गरी आबद्ध गर्ने क्रम जारी छ ।

कनकाई नगरपालिका सुरुङ्गाकी समूह सदस्य शर्मिला खवास विगतमा संविधान सभा सदस्य बन्नु भएको थियो भने हाल बिर्तामोड नगरपालिकाकी शेयर सदस्य पवित्रा खरेल निरौला प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । शकुन्तला घिमिरे अर्जुनधारा नगरपालिका वार्ड नं. ५ मा बडाप्रतिनिधि चुनिन सफल हुनु भएको छ । अर्कोतर्फ पूर्व सल्लाहकार एवम् शेयर सदस्य भोजकुमारी नेपाल शिवसताक्षी नगरपालिकाको उपप्रमुख हुनुहुन्छ । समूहका पदाधिकारी महिला सदस्यहरुले गाउँघरमा भएका समान्य झैं–झगडा, वादविवादहरुलाई समूहमा नै पारस्परिक समझदारीमा मेलमिलाप गरी समाजिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याएको छ ।

संस्थाले गठन गरेका अन्य भगिनी यानेकी सिष्टर महिला सहकारी संस्था नारी चेताना कनकाई–९, विवेकशील महिला सहकारी बिर्तामोड–२, शिवसताक्षी मौरिपालन कृषि सहकारी दूधे लगायतलाई सञ्चालनका लागि अन्य आवसकीय उपकरण प्रविधि तथा वित्तीय सहयोग उल्लेखनिय मात्रामा पु¥याएको छ । राष्ट्रिय लघुवित्त सम्मेलन काठमाडौंमा पटकै पिच्छे संस्थाबाट लघुवित्त महिला सदस्यहरुलाई राष्ट्रिय महिला सञ्जालमा पहुुँच बढाउन समावेश गरिएको कुरा संस्थाका सहायक निर्देशक दिनेशबहादुर निरौला बताउनुहुन्छ । संस्थाको सञ्चालक समिति, सेवाकेन्द्र सहयोग समिति, युनिट समिति साथै अन्य विषयगत समिति, सल्लाहकारहरु तथा समग्र कर्मचारीमा समेत ३५ प्रतिशतको हाराहारीमा सहभागिता छ भने १६ जना महिला कर्मचारी सेवाकेन्द्र प्रमुखको रुपमा शाखाको नेतृत्व गरिरहनु भएको छ ।

शिक्षामा महिला

मुलुकमा महिला साक्षरता ५७.४ प्रतिशत मात्र छ भने जनसंख्या ५१.५० प्रतिशत छ । २०४६ सालको प्रजातन्त्र प्राप्ति पछाडि निरक्षरता उन्मुलन गर्नका लागि बेला–बेलामा सरकारले आकर्षक नाराहरु ल्याएर साक्षर तथा साक्षरोत्तर कक्षा सञ्चालन गरिए पनि उतिसारो प्रभावकारी हुन सकेन । नेपालमा गणतन्त्र आइसकेपछि पनि सरकारले साक्षर बनौं अक्षर चिनौं भन्ने नाराका साथ पौढ शिक्षा निरन्तरता दिएको थियो । तर, समग्र महिला साक्षरता दर अझै निराशाजनक छ । निरक्षरता उन्मुलन कै लागि संस्थाले साक्षर र साक्षरोत्तर कक्षा सञ्चालन गर्यो जसका कारणले आज कुनै पनि शेयर सदस्यहरु निरक्षर छैनन् । अर्जुनधारा नगरपालिका वार्ड नं. ४ रातेखालकी ६२ वर्षीया दिलमाया दनुवार पहिलो प्रौढ कक्षा पढ्ने संस्थाकी शेयर सदस्य हुनुहुन्छ ।

सहारा नेपालकी कर्मचारी कमला थपलिया र भक्तबहादुर खड्काले प्रौढ शिक्षा पढाउँदा–पढाउँदै चिठी पढ्न सक्ने हुनुभएकी दनुवार हाल नाति–नातिनीका किताब पढ्न लेख्न सक्ने कुरा बताउनुहुन्छ । उहाँको दाबी छ– ‘म नै सहारा नेपालको पहिलो पौढ कक्षाको सहभागी हुँ’ । एक गाउँ एक पशुस्वास्थ्य÷कृषि जेटिए अभियान अन्तर्गत संस्थाले उल्लेखनीय संख्यामा महिलाहरुलाई प्राविधिक शिक्षा दिएको छ । जसको प्रभावले आज अधिकांश स्वरोजगार बनेका छन् । शेयर सदस्यका छोरा–छोरी बुहारीलाई प्राविधिक शिक्षा पढाए बापत संस्थाले विगतमा नगद रु.१५ हजार सहयोग गरेकै कारण बिर्तामोड–२ की प्रविणा थपलियालाई बीएसी नर्सरी पढ्न प्रेरणा र हौसला मिल्यो र आज उहाँले रोजगार पाउनुभएको छ भने अल्का बस्नेत डाक्टर बन्नुभएको छ । यो कार्यक्रमले गर्दा महिलाको प्राविधिक शिक्षामा पहुँच बढेको तथ्याङ्क संस्थासँग छ ।

त्यस्तै संस्थाले असल छोरी–बुहारी पुरस्कार वितरण गरेर परिवारमा बुहारीलाई स्थापित गर्ने साथै ज्येष्ठ बुबा–आमा सासु–ससुरा पाल्ने छोरी–बुहारीलाई हौसला प्रदान गरेको छ भने यस्ता कार्यक्रमले मानव विकास सूचाकांक बृद्धिमा सहायक सिद्ध हुन सक्छ देशको मानव विकास सूचाकांक महिला ०.५३८ प्रतिशत मात्र छ । सो सम्मान पुरस्कार बिर्तामोड–२ कि कविता मैनाली मित्र, निर्मला रिजालले प्राप्त गर्नुभएको थियो । वित्तीय साक्षरता, सिलाई कटाई, अचार बनाउने, सिन्के धूप, मोमवती बनाउने, करेसाबारी, नर्सरी व्यावस्थापन, पशुपालन, बेमौसमी तरकारी, तटपटे तथा पानीपुरी, मः मः, मुडा बनाउने, गड्यौले मल, प्राङ्गारिक मल, झोला तन्ना, ढाका बुनाई, डेरी व्यावस्थापन, भान्सा नै औषधालय, गुडिया बनाउने, बुटिक अग्र्यानाटिक टनेल भिलेज कार्यक्रम जस्ता सयांै तालिम तथा सीपहरु महिला सदस्यले लिएका छन् । आगामी दिनमा महिला कानुनी साक्षरता, स्वास्थ्य साक्षरता, विश्वास कार्यक्रम, सञ्चालन गर्ने घोषित नीति नै छ ।

उद्यम र उद्यमशीलतामा (आयआर्जन) महिला

हाल संस्थाममा करिब २५ हजार महिलाहरु विभिन्न उद्यम इलम सञ्चालन गरेर उद्यमी बनेका कुरा संस्थाका वरिष्ठ विभागीय प्रमुख इश्वरप्रसाद भट्टराई बताउनुहुन्छ । ऊ बेला हात मुख जोड्न समेत धौ–धौ हुनुभएकी शिवसताक्षी दूधेकी देवीकुमारी ओली मौरीपालन व्यावसाय मार्फत आज उद्यमी राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुनुभएको छ । र, मौरिपालक संघको केन्द्रीय उपाध्यक्षमा चुनिनु भएको छ । बिर्तामोड– २ चारपानेकी मिनाकुमारी मण्डल चटपटे व्यावसायबाट बजारमा तीन तले पक्की घर जोड्न सफल हुनु भएको छ । बिर्तामोड–३ समूह नं. ४३ कि सदस्य नैनकला ढकाल र अम्बिका चुडालले नेपाली कागज उद्योग सञ्चालन गरी ११ जनालाई रोजगार समेत दिएर मासिक रु. ६० हजारभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

बाह्रदशी गाउँपालिका गोलोबारी समूह नं. ५६ कि सदस्य गीता राजवंशी व्यावसायिक बाख्रापालन व्यावसाय गरेर आफू र आफ्नो परिवारलाई उद्यमी बनाएर छरछिमेकी सबैको उदहरणीय पात्र बन्नुभएको छ । सफल बाख्रापालन व्यवसाय गरेकै कारण उनी संस्थाले आयोजना गरेको तरहरा, मौली जस्ता ठाउँको भ्रमण समेत गरिसक्नुभएको छ । गौरीगञ्ज गाउँपालिका वार्ड नं. २ कोरोबारीकी बेदिल राजवंशीले नर्सरी व्यावसाय गरी मनग्गे आम्दानी गरिरहनु भएको छ ।

गौरीगञ्ज–४ कदमगाछीकी सन्जाकुमारी ताजपुरिया र पिठोकुमारी ताजपुरियाले झल्ला, झोला बुनी काठमाडौंमा समेत बिक्रीको लागि पठाउनु हुन्छ । महिलाहरुकै आर्थिक पहुँच विस्तार गर्नका लागि बिना धितो, व्यावसायिक कृषि, साना व्यावसायी, उद्यमी, स्वारोजगार उर्जा, ऋण लगानीको समेत व्यवस्था छ । ऋणको सही सदुपयोग गरेर धैरै महिला सदस्यहरुको भूमिमा स्वामित्व बढेको छ । राष्ट्रिय डाटामा २६ प्रतिशत महिलाको हकमा मात्र जमिन छ । सहकारीमा महिला सदस्य ५१ प्रतिशतभन्दा बढी छ । निजी व्यवसायमा महिलाको भूमिका २५ प्रतिशत र सहकारी क्षेत्रमा ५० प्रतिशत देखिन्छ । महिलाहरुकै सर्वोपरी हितलाई केन्द्रमा राखेर नै संस्थाले वर्षेनि उद्यमी महिलाहरुको हौसला बढाउन मोहमद युनुस पुरस्कार रु. ५१ हजार नगद र सम्मानपत्र प्रदान गर्दछ । आजसम्म चार जना महिला उद्यमी धनकुमारी कटुवाल, सीता मिजार बिमला भण्डारी र लीलादेवी राजवंशीले संस्थाको वार्षिक साधारण सभाबाट सो सम्मान प्राप्त गरिसक्नुभएको छ ।

यथार्थलाई स्वीकारी परिस्थितिलाई सुधार गर्नका निम्ति एकल महिला प्रोत्साहन भत्ता वार्षिक रु. आठ हजार, सुत्केरी पोषण, सुत्केरी भत्ता, महिला रोग पाठेघर जाँच भीआइए परीक्षण स्वास्थ्य शिविर, आँखा शिविर र अन्य शिविरहरु सञ्चालन गरेको छ । महिलाको खाना र छानाको व्यवस्थाको लागि विपन्न आवास कार्यक्रम सञ्चालनमा छ जसमा गौरीगञ्ज– ४ कि एकल विपन्न महिला कद्मीदेवी मुखिया, बिर्तामोड–२ चारपानेकी अपाङ्गता भएकी नेत्रहीन एकल महिला धामोसरी राजवंशीलाई सुरक्षित आवास घर निःशुल्क संस्थाले निर्माण गरिदिएको छ । शनिअर्जुन नगरपालिका वार्ड नं. ४ रातेखालकी ६९ वर्षीया ज्येष्ठ सदस्य मनकुमारी दनुवारलाई जीवनमै पहिलो चोटी सहारा नेपालले काठमाडौं, मनकामना, तातोपानी, खासा बजार, सौराहा आदि ठाउँको भ्रमण गराएकोमा दनुवार भन्नुहुन्छ– ‘सो काम बाबुले नगरेको गुन सहयोग सहाराले नै दियो ।’ महिला सदस्यका खुशीका लागि चुरा मेहन्दी तथा तीज विशेष कार्यक्रमको पनि अत्यन्त महत्वूर्ण भूमिका छ ।

विश्व बैकले गत फेब्रुअरिमा अर्थोपार्जन, आत्मसम्मानको तह अभिबृद्धि, आर्थिक संलग्नता कानूनी अधिकार तथा निर्णय अवस्थाको आधारमा धयmबल दगकष्लभकक बलम बिध प्रतिवेदन सार्वजनिक ग¥यो । दश वर्षको तथ्यांकलाई आठ सूचकांक अनुसार एक सय ८७ देशमा गरिएको अध्ययनमा नेपाल १६४औं स्थानमा छ । महिलाको विश्वव्यापी औसत सूचकांक ७५.१३ प्रतिशत रहेको प्रतिवेदनमा फ्रान्स, स्वीडेन, डेनमार्कको अंक शतप्रतिशत छ भने नेपाली महिलाले ५३.१३ अंकमात्र प्राप्त गरे । दीगो विकास लक्ष्यको बुँदा नं. ५ लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालबालिकाहरुलाई शसक्त बनाउने उद्देश्यलाई सहयोग पु¥याउन हाम्रो संघीय गणतान्त्रिक नेपालका महिलाको समानुपातिक समावेशी विकासका लागि सहाराका महिला सबै क्षेत्रमा पहिला झैं आब सिंगो महिला जगतको पाइँला हाराहारी आधा हिस्सा बराबरी अभियानमा सहारा नेपाल समर्पित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *