May 15, 2026

रुपरत्न आइडल–२०७६ को उपाधि दीप्सन र क्षीतीजालाई

0

अर्जुनधारा।

झापाको अर्जुनधारा–७मा रहेको रुपरत्न मेमोरियल बोर्डीङ स्कूलले सञ्चालन गरेको रुपरत्न आइडल–२०७६मा गायनतर्फको उपाधी दीप्सन श्रेष्ठ र नृत्यतर्फको उपाधी क्षीतीजा राईले जितेका छन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा आइतबार सम्पन्न आइडलको फाइनलमा श्रेष्ठले सीनीयर गायनतर्फ र राईले सीनीयर नृत्यतर्फ उपाधी जितेको हो ।

सीनीयर गायनतर्फ फस्ट रनरअप गौरव घिमिरे र सेकेन्ड रनरअप सिन्धु पौड्याल तथा नृत्यतर्फ फस्ट रनरअप रक्षा भट्टराई र सेकेन्ड रनरअप पुनम राई भएका छन् ।

त्यसैगरी जुनियर गायनतर्फको उपाधी खुशी गिरी र नृत्यतर्फको उपाधी सोनु घिमिरेले जितेका छन् । जुनियर गायनतर्फ फस्ट रनरअप निमेश पुन र सेकेन्ड रनरअप जीवनिता न्यौपाने तथा नृत्यतर्फ फस्ट रनरअप सुप्रिया पौड्याल र सेकेन्ड रनरअप स्नेहा शाह भएका छन् ।

सरोज वत्स निर्णायक रहेको फाइनलमा विभिन्न चरणबाट छनौट भएका २० जनाले गीत तथा नृत्य प्रस्तुत गरेको विद्यालयकी लेखापाल जीना ओलीले जानकारी दिइन् ।

विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद ओलीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्याब्सन झापाका वरीष्ठ उपाध्यक्ष गौरीमान फागो, कोषाध्यक्ष छत्र कार्की, विद्यालयका संस्थापक एवम् प्याब्सन झापाका सहसचिव प्रभुकुमार श्रेष्ठ, अर्जुनधारा प्रेस क्लबका कोषाध्यक्ष अमित खम्बूलगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

सोही कार्यक्रमको सन्दर्भमा विद्यार्थीले योगा प्रदर्शन गरेका थिए । कार्यक्रममा योग गुरु रमेशकुमार पोखरेल, विद्यालय सञ्चालक समितिका सदस्य बद्रीप्रसाद पाण्डेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक आरके भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *