September 16, 2026

दीपेन्द्रको १८ औं वार्षिकोत्सवमा सम्मान

0

सुरुङ्गा ।

शिवसताक्षी–१० टेक्रास्थित दीपेन्द्र आधारभूत विद्यालयको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारसिंह साँबाको अध्यक्षता, झापा क्षेत्र नं. ४ का संघीय सांसद एल.पी. साँबाको प्रमुख आतिथ्य तथा पूर्व सांसद तारासम याङ्या तथा प्रदेश सभा सदस्य हीराकुमार थापाको विशेष आतिथ्यमा भएको कार्यक्रममा प्रधानाध्यापक सीताराम न्यौपानेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयको स्थापनामा विशेष योगदान गर्ने नारायणप्रसाद पोखरेल, कृष्णप्रसाद पोखरेल र टेकनाथ ढकाललाई अभिनन्दन गरिएको थियो । त्यसै गरी, सो कार्यक्रममा जग्गादाता रुद्रप्रसाद चिमरिया र माधवप्रसाद पोखरेललाई कदरपत्र प्रदान गरिएको थियो ।

यसैगरी, विद्यालयको श्रीवृद्धिमा सहयोग पु¥याउने हरि पोखरेल, हिम्मत नेम्बाङ्ग, राधेश्याम अग्रवाल, सोमनारायण पराजुली, रामबहादुर तामाङ्ग, मातृकाप्रसाद ढकाल, लीलाराज झापाली र कर्णबहादुर थापालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । यही क्रममा संस्थापक शिक्षकद्वय नारायणप्रसाद ढकाल र खिनमाया पोखरेल, संस्थापकहरु दीपेन्द्र खतिवडा, मानबहादुर खडका लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल, सिंहदेवी आधारभूत विद्यालयका प्रअ डम्बरप्रसाद फुयाँल, भगवती आधारभूत विद्यालयका प्रअ खड्गप्रसाद बिमली, गैडें सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमृत कार्की, सतासीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बा, समाजसेवी मोहनकुमार सुवेदी लगायतको आतिथ्य रहेको थियो ।

सो अवसरमा बाल शिक्षक समन्वय समिति शिवसताक्षी नगर अध्यक्ष कमला बस्नेतले विद्यालयको सबैभन्दा तल्लो तहमा अध्यापन गर्ने सहयोगी शिक्षकलाई सम्मानजनक तलबभत्ताको व्यवस्था गर्न राज्यसँग माग गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।

विद्यार्थी पुकार बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षकहरु महेशकुमार खडका, भीमकुमार राई र दीपिका भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *