September 16, 2026

इलाममा कराते खेलाडीको ग्रेडिङ

0

इलाम।

सितोरियो कराते खेलमा आवद्ध इलाम नगरपालिकाका ३१ जुनियर खेलाडीहरुको ग्रेडीङ मार्फत स्तरोन्नति गरिएको छ ।

इलाम नगर सितोरियो कराते संघको संयोजनमा भएको कार्यक्रममा गोदक डोजोका १४ खेलाडी, इलाम डोजोका १३ खेलाडी र हेरिटेज डोजोका चार खेलाडी र आयोजक डोजोका अन्य खेलाडी समेत सहभागी भएका थिए ।

कार्यक्रममा ह्वाइट वेल्टदेखि ब्राउन वेल्टसम्मका जुनियर खेलाडीहरुको स्तरोन्नति गरिएको हो । सितोरियो कराते इलाम जिल्लाका प्रमुख प्रशिक्षक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक योगेश चाम्लिङ, सितोरियो कराते इलाम जिल्लाका सहायक प्रशिक्षक धमेन्द्र गुरु, खेलाडी तथा प्रशिक्षक इलामका जिल्लाका अध्यक्ष, भूतपूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय निर्णायक विजय ताम्राकार, अन्तर्राष्ट्रिय महिला प्रशिक्षक सुनिता श्रेष्ठ, डोजो प्रशिक्षक तथा राष्ट्रिय निर्णायक दिपेश घिमिरे, स्वयम्सेवक तथा डोजो प्रशिक्षक तथा राष्ट्रिय निर्णायक खगेन्द्र ठकुरी, डोजो प्रशिक्षक सुमन बस्नेत, गोदक डोजोका प्रशिक्षक सूचना राई, मदन भण्डारी स्पोट्र्स एकाडेमी क्लब इलामका उपाध्यक्ष तथा राष्ट्रिय निर्णायक सोम राई, मंगलबारे डोजोका प्रशिक्षक तथा राष्ट्रिय निर्णायक रनविर लिम्बू, मंगलबारे डोजोका सहायक प्रशिक्षक तथा राष्ट्रिय निर्णायक रञ्जित लिम्बूले खेलाडीहरुको स्तरोन्नति गरेको इलाम नगर सितोरियो कराते संघका सचिव सुशान्त चापागाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *