September 16, 2026

पाँचथरमा स्कुल जाँदै गरेका बालक खोलाले बगाएर बेपत्ता

0

फिदिम,

पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रबिमा एक बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ। मिक्लाजुङ ४ खेसङखोपाका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो।

बेपत्ता बालकको खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए। बेपत्ता बालक रबिस्थित होलिचाइल्ड इङ्लिस स्कुलको कक्षा चारका विद्यार्थी हुन्।

दाइसँगै विद्यालय आउने क्रममा दियानलाई खोलाले बगाएको स्थानीय जयकुमार ढकालले जानकारी दिए। अबिरल वर्षातका कारण खोलामा बाढी आएपछि विद्यालय जाँदै गरेका दियाललाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीको भनाई छ।

अहिले पानी पर्न रोकिएको र खोलाको बाढी केही कम भएकाले खोजी कार्यलार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ।-अन्नपूर्ण पोष्ट डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *