September 15, 2026

सिसी क्यामेरा जडानपछि ट्राफिक नियम उल्लघंन गर्ने घटे

0

काठमाडौं ।

लापरवाही र नियम उल्लघंन गरी सवारीसाधन चलाउने चालकहरू सिसी क्यामेरा जडानपछि निकै हदसम्म तह लागेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सञ्चालनमा ल्याएको सिसी क्यामेराको प्रयोग प्रभावकारी बन्दै गएको छ। सिसी क्यामेरा जडानपछि काठमाडौं महानगरमा सवारी दुर्घटनाको सङ्ख्या घट्न थालेको छ।

सिसी क्यामेरा जडान गरेसँगै ट्राफिक प्रहरीको आँखा छलेर लाइन मिच्ने, जथाभावी बाटो काट्ने सवारीचालक कारबाहीको दायराबाट उम्किन नपाएको महाशाखाले जनाएको छ। महाशाखाले उपत्यकाको मुख्य–मुख्य क्षेत्रमा पाँच सय १४ वटा सिसी क्यामेरा सञ्चालन गरेको छ।

क्यामेराको नियन्त्रक कक्ष प्रहरी कार्यालय रानीपोखरीमा राखिएको छ। तीमध्ये एक सय ५१ वटा सिसी क्यामेरा ट्राफिक महाशाखाले हेर्न मिल्ने गरी जडान गरिएको छ।

महाशाखाका अनुसार सिसी क्यामेराले खिचेको दृश्यमा सवारीचालकले कहाँ, कसरी र कति समयमा नियम उल्लघंन गरेको हो, सबै विवरण प्रस्तुत हुन्छ। सिसी क्यामेराले खिचेको त्यही श्रव्य–दृश्यका आधारमा नियम मिच्ने सवारीको नम्बर खोजतलास गरी यातायात व्यवस्था कार्यालयमार्फत गाडी धनीको विस्तृत विवरण लिइन्छ र कारबाहीका लागि महाशाखामा बोलाउने गरिन्छ। आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *