September 19, 2026

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

0

काठमाडौं ।

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ।

इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो। इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।

भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो। परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए। आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको थाहाखबरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *