September 19, 2026

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

0

काठमाडौं,

माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ। संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए। जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए।

२०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको थियो। देशभर कुल परीक्षा केन्द्र १९६९ तोकिएको थियो। प्रदेश नं १ बाट – ८३ हजार ६ सय १८, प्रदेश नं २ बाट – ७० हजार ५ सय १८, प्रदेश नं ३ बाट – १ लाख हजार दुई,  गण्डकी प्रदेशबाट  ४८ हजार ६३, प्रदेश नं ५ बाछ– ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट – ३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट – ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागि भएका थिए।

परीक्षाको लागि २९ हजार ५ सय ३५ सुरक्षकर्मी परिचालन गरिएको थियो। अनिवार्य छवटा विषयको प्रदेशअनुसार फरक प्रश्नपत्रको व्यवस्था गरिएको थियो।

त्यसैगरी टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सकिने छ। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results र नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/  बाट पनि नतिजा हेर्न सकिनेछ ।-नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *