June 25, 2026

कुखुरासहित भारतीय नागरिक पक्राउ

0

भद्रपुर ।

अवैध रुपमा भारतवाट नेपाल भित्र्याउदै गरेको प्रतिवन्धित भारतीय वोइलर कुखरा पशु क्वारेन्टाइन कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ ।

झापा कचनकवल २ वाट साइकलमा राखि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ३२ थान वोइलर कुखुरासहित २४ वर्षिय भारतीय नागरिक बन्धन उरावलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला कुखुरा व्यवसायी सङ्घको नेतृत्वमा गएको टोलीले प्रतिवन्धित कुखुरा नेपाल तर्फ ल्याउदै गरेको देखेपछि पशु क्वारेन्टाइन कार्यालयलाइ जानकारी गराएको थियो ।

कुखुरा नेपालमा भित्रिँदा नेपालमा व्यवासय गर्ने व्यवसायीलाइ मर्का पर्नुका साथै अस्वस्थ्य मासुले मानिसको स्वास्थयमा समेत असर पर्ने भएकोले नियमित रुपमा भारतीय नाकाहरुमा निगरानी गर्ने गरेको झापा जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष बिवेक निरौलाले बताए ।

नियन्त्रणमा लिएको सवै कुखुरा नष्ट गरिएको छ भने पक्राउ परेका उरावलाइ पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र पशु स्वास्थ्य नियमावली २०५६ अन्तर्गत कारबाही गरिने पशु क्वारेन्टाइन कार्यालय भद्रपुरका प्रमुख डाक्टर रमेश घिमिरेले वताए ।

उरावलाइ जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *