June 26, 2026

विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण

0

बिर्तामोड।

बिर्तामोडस्थित गोमेन्द्र वहुमुखी महाविद्यालयमा लागुऔषध दूव्र्यसनी नियन्त्रणसम्बन्धी एकदिने सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले गोमेन्द्रका विद्यार्थीलाई प्रशिक्षण दिएको हो ।
कार्यक्रममा ७५ जना विद्यार्थी र स्थानीयबासीको सहभागिता थियो ।

कार्यक्रमका प्रशिक्षक सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष एवम युनाइटेड रिभरसाइड युथ फाउण्डेसनका अध्यक्ष सञ्जिव चापागाईंले विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीको वर्तमान अवस्था, यसलाई नियन्त्रण गर्ने उपाय, लागुऔषधका बेफाइदा लगायत विषयमा प्रशिक्षण दिएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रकी कार्यालय सचिब सुमा न्यौपानेले जानकारी दिइन् ।

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष अर्जुन मैनालीको अध्यक्षता तथा बिर्तामोड–४ का वडाध्यक्ष एवम् समुदाय प्रहरी साझेदारीका संयोजक कूलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाको समेत उपस्थिति थियो ।

सेवा केन्द्रका उपाध्यक्ष अम्बिर लिङ्देनले स्वागत गरेको कार्यक्रमको सञ्चालन रघुनाथ थपलियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *