June 26, 2026

घुस लिने असई अख्तियारको फन्दामा

0

इनरुवा,

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इन्चार्ज असई पदम कटुवाल घुससहित अख्तियारको फन्दामा परेका छन्।

शनिबार एक सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिँदै गर्दा कटुवाल रंगेहात अख्तियार इटहरीको फन्दामा परेका हुन्।  दाजुभाइको घरायसी विवादमा विपक्षीलाई पक्राउ गर्ने कामका लागि कटुवालले ७ हजार रुपियाँ घुस मागेका थिए। घुस मागिएपछि पीडितहरू अख्तियारमा पुगेका थिए।

त्यसपछि रकम लिँदै गर्दा कटुवाल पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले कटुवाल पक्राउ परेको पुष्टि गरेका छन्। पक्राउ परेका कटुवालमाथि छानबिन भइरहेको अख्तियार दुरुयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

अख्तियारका सहसचिव एवम् प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि प्रहरी चौकी भोक्राहाका इन्चार्ज असई पदम कटुवाललाई ७ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *