June 19, 2026

नक्कली एटीएम कार्ड बनाएर २० लाख चाेरी !

0

काठमाडौं,

प्रहरीले नक्कली एटीएम कार्डको प्रयोग गरेर रकम चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ पर्नेमा शंखमुलका ३३ वर्षीय राजुकुमार पाण्डेलाई पक्राउ गरेको हो।

उनले राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंस्थित विभिन्न एटिएम बुथबाट विभिन्न कार्डहरु प्रयोग गरी २० लाख रुपैयाँभन्दा बढी रकम निकालेको प्रहरीले जनाएको छ।

पाण्डेको साथबाट विभिन्न बैंकका डेविड कार्ड, मास्टर कार्ड र भिसा कार्डसमेत गरी १२ थान, मोबाइल २ थान, ल्यापटप २ थान, नगद ६ लाख ८६ हजार रुपैयाँ र बा.७३ प ७६८५ नम्बरको मोटरसाइकल १ थान समेत प्रहरीले बरामद गरेको छ।

ब्युरोका एसपी दिपक रेग्मीका अनुसार पाण्डेले अन्य ३ जना रोमनियन नागरिकसँग मिलेर विभिन्न एटीएम बुथबाट पैसा निकालेका थिए। तर, अहिले विदेशी नागरिकले नेपाल छाडिसकेका छन्। थप अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *