September 16, 2026

कहिले गर्ने युवामैत्री सरकारको अनुभूति ?

0

कमल कटुवाल,

राज्यले युवालाई भविष्य सम्झने हो भने आफ्नो घरपरिवार, समाज र देशलाई माया मारेर वैदेशिक रोजगारमा जानु पर्दैन थियो । आफ्नो ज्यानलाई बाजी मारेर आफ्नो मृत्युसम्म पुग्ने गरी युवाले विदेशमा जोखिम पनि मोल्न पर्दैन थियो ।
हरेक देशमा राष्ट्र सञ्चालन गर्नेदेखि लिएर हरेक कार्य सञ्चालन गर्न युवाको आवश्यक पर्दछ । युवा एक यस्तो परिचालन हो जसले सम्पूर्ण राज्यको जिम्मेवारी बोकेको हुन्छ । युवा बिना राष्ट्र सञ्चालन गर्न कठिन हुन्छ । युवा भनेको देशको शक्ति हो, तर हाम्रो देश नेपालमा भने आजकाल युवाको अभाव हुन थालेको छ ।

जसको मुख्य कारण भनेको देशमा रोजगारका अवसर सृजना नभएको कारण नै रहेको छ । रोजगारका अवसर नपाएर दिनप्रति दिन नेपाली युवाहरु विदेशतर्फ रोजगारका निम्ति बाहिर जाने गरेका छन् । जुन एक जोखिमपूर्ण पनि रहेका छन् । त्यहाँ गएर पनि आफूले चाहे जस्तो रोजगारीका अवसर पाउन कठिन रहेको छ । तर, पाए पनि एकदमै कठिन र जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता रहेको छ । यस्तोखालको मानिसको मनमस्तिकमा बसिसकेको छ , कि नेपालमा बसेर कुनै काम छैन काम गरेर पनि परिवारलाई समेत खाना खुवाउन नसक्ने तलब हुन्छ । यस्तो कारणले पनि हाम्रो नेपालमा युवाको भूमिका कम रहेको देखिन्छ ।

हरेक दिन हाम्रो देशमा वैदेशिक रोजगारमा गएका युवाहरुको लास पनि दिनप्रति दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडांैमा हामीले देख्न सक्छौँ । जसको मुख्य एक कारण अन्तर्राष्ट्रिय भाषाको कारण पनि रहेको छ किनभने हाम्रो देशमा सबैले शिक्षाको अवसर समान रुपले पाउन नसकेको कारण पनि रहेको छ । अर्कोतर्फ जसले राम्रोसँग पढ्न पाएको छ र राम्रो अंक ल्याएको छ भने ऊ विदेश पलायन हुन्छ । तर, ऊ आफ्नो देशमा फर्कन मान्दैन । उनीहरु ठूला–ठूला राम्रो विकसित देशतर्फ जान्छन् र त्यही स्थाई रुपमा बसोबास गर्छन् । हाम्रो देशमा जहाँ रोजगारको अवसर सिर्जना हुन्छ, त्यहाँ राजनीतिक हस्तक्षेप हुन्छ र जसको कोही आफ्ना मान्छे उच्च ओहदामा हुँदैनन् उसले रोजगार पाउन कठिन छ । त्यसकारण पनि हाम्रो देशमा रोजगार पाउन कठिन रहेको छ । यसकारण पनि युवाको भूमिका अति नै कम देखिन्छ । नेपालमा काम पाए पनि कमभन्दा पनि तलबमा काम गर्नुपर्ने हुन्छ । हाम्रो देशमा आजभोलि त स–साना नानीहरुलाई तिमी भविष्यमा के बन्छौ भनेर प्रश्न ग¥यो भने म त विदेश जान्छु भन्छन् ।

यस्तोखालको मानिसको मनमस्तिकमा बसिसकेको छ, कि नेपालमा बसेर कुनै काम छैन काम गरेर पनि परिवारलाई समेत खाना खुवाउन नसक्ने तलब हुन्छ यस्तो कारणले पनि हाम्रो नेपालमा युवाको भूमिका कम रहेको देखिन्छ । यस्ताखाले समस्याका कारणले गर्दा पनि नेपाली युवाहरु वैदेशिक रोजगारमा जाने गर्दछन् जसको कारणले गर्दाले आजभोलि नेपाली युवाहरुको संख्या कमभन्दा कम रुपमा देखापर्न थालेको छ । युवाहरुले अब विदेशमा गएर काम गर्ने होइन कि स्वदेशमा रहेर विभिन्न काम गर्न विभिन्न कार्यहरु राज्यपक्षबाट हुन जरुरी छ ।

हरेक क्षेत्रमा अहिले युवाको संख्या कम भएको कारण विभिन्न कार्य गर्न समेत समस्या पर्न थालेको छ भने अर्कोतर्फ भएका युवाहरु समेत केही नराम्रा कुलततर्फ लागेका छन् । जसको कारण एक अशिक्षा हो भने अर्कोतर्फ वेरोजगारीको कारणले गर्दा पनि रहेको छ ।

यहाँ रोजगारको सिर्जना भएको खण्डमा उनीहरुसँग खाली समय नै रहँदैन थियो । अनि खाली समय रहेता पनि उनीहरुलाई आफ्नो कामको जिम्मेवारीले गर्दा उनीहरु आफ्नै काम आफ्नो समय व्यवस्थापन गर्नतर्फ लाग्दथे । यसले गर्दा पनि उनीहरु कुलतमा लाग्न पाउँदैन थिए । युवाहरुले आफ्नो काम, कर्तव्य र जिम्मेवारी बहन गर्न सक्दछन् जसले गर्दा युवाहरुको आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नु पर्दछ । युवा बिना कुनै पनि कार्य गर्न असफल रहन्छ ।
युवा भनेको दुई ढुङ्गाबीचको तरुल हो । जसले सम्पूर्ण भूमिका निर्वाह गरेको हुन्छ । युवा भनेको त देशको भविष्य हो । देश निमार्णको कार्यमा देशको मुख्य मेरुदण्ड युवा नै हो । तर, युवाको मतलब नै गरिएको छैन नेपालमा । खोइ त युवालाई हरेक क्षेत्र, कार्यहरुमा समावेश गरेको सरकार ?

कृषि क्षेत्रमा नेपाली युवाको संख्या कम मात्रामा देखिन्छ किनभने सरकारद्वारा त्यति धेरै सेवासुविधा प्रदान गर्न सकेको छैन । मल, बीऊ जस्ता खेतीजन्य क्षेत्रमा प्रयोग हुने वस्तुहरु चाहिएको बेलामा सहजरुपबाट पाउन सकिँदैन र अर्कोतर्फ किसान उत्पादन गरेको कृषि सामग्रीहरुको उचित मूल्य समेत पाउन सक्दैनन् । यस कारणले गर्दा पनि नेपाली युवाहरु वैदेशिक रोजगारतर्फ पलायन हुन्छन् । यसले गर्दा पनि नेपाली युवाहरुको संख्या कम देख्न सकिन्छ ।

अब भने युवाका निम्ति विभिन्न उद्योग, कलकारखाना, सरकारी क्षेत्रमा लगायत विभिन्न क्षेत्रमा रोजगारका अवसर प्रदान गर्नुपर्दछ । युवाले अब विदेशमा गएर काम गर्ने होइन कि स्वदेशमा रहेर विभिन्न काम गर्न सिर्जनाको व्यवस्था गर्नुपर्दछ । युवाले अब विदेशमा गएर काम गर्ने होइन कि स्वदेशमा रहेर विभिन्न काम गर्न विभिन्न कार्यहरु राज्यपक्षबाट हुन जरुरी छ ।

राज्यले युवालाई भविष्य सम्झने हो भने आफ्नो घरपरिवार, समाज र आफ्नो देशलाई माया मारेर विदेश जानुपर्दैन थियो र आफ्नो ज्यानलाई बाजी मारेर आफ्नो मृत्युसम्म पुग्ने गरी युवाले विदेशमा जोखिम पनि मोल्न पर्दैन थियो । युवाको अवस्था दयनीय बन्दैछ । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी छ । देशभित्रै युवालाई विभिन्न तालिम प्रदान गरेर स्वरोजगार बनाउन आवश्यक छ । त्यसो भएमात्र युवामैत्री सरकारको अनूभूति गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *